नेप्लिज फेशन होमले हरेक वर्ष आयोजना गर्दै आएको ‘मिस नेवा’ प्रतियोगिता यस वर्ष १२औं वर्षमा प्रवेश गरेको आफ्नो प्रेस विज्ञप्तिमा जानकारी गराएका छन् । यसै मौकामा नेप्लिज फेशन होमले ‘१२ औं मिस नेवाः११३७’ आयोजना गर्न लागेको पनि जानकारी गराए ।
यसै क्रममा नेप्लिज फेशन होमले १२ औं मिस नेवा प्रतियोगिताको लागि हाम्रो पात्रोसँग सहकार्य गरेको छ। हाम्रो पात्रोले यो प्रतियोगिताको लागि नेप्लिज फेशन होमलार्इ भाइबर च्याटबोटको सुबिधा दिने भएको छ , जस अन्तर्गत देश विदेशमा बस्नुभएका सम्पूर्ण मान्यजनहरुले मिस नेवाको प्रतियोगीसँग अन्तरक्रिया गर्ने देखि आफुले रुचाएको प्रतियोगीहरुलाई भाइबरमा मिस नेवा पुब्लिक अकाउन्ट फलो गरेर भोट समेत गर्न सक्नुहुनेछ ।
भाइबरमा मिस नेवा पुब्लिक अकाउन्ट फलो गर्न्न यहाँ क्लिक गर्नुहोस :http://chats.viber.com/missnewa
मिस नेवाः सौन्दर्य सांस्कृतिक पर्वद्धन, भाषिक चेतना र प्रतिभा प्रस्तुतिका लागि आयोजना गरिँदै आएको
प्रतियोगिता हो । यस प्रतियोगितामा नेवार समुदायका १६ देखि २३ वर्ष उमेर समुहका अविवाहित युवतीले सहभागिता जनाउन पाउने छन् । यो प्रतियोगितामा सहभागी हुने प्रतियोगी नेवार समुदायबाट हुनु पर्दछ । जस मध्य बुबा तथा आमा जो नेवार परिवारको भए पनि सहभागिता जनाउने पाउने छन्।
यो प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुका लागि फारम खुला गरिएको छ । प्रतियोगीले नेप्लिज फेशन होमको कार्यालय डिल्लीबजारबाट तथा अनलाईनबाट पनि फारम भर्न सक्नेछन्। प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी २ पुषमा जमल स्थित होटल यल्लो पगोडामा हुने छ । यो प्रतियोगितामा बढीमा ४२ जनासम्म प्रतियोगीलाई सहभागी गराईने भएको छ ।
प्रतियोगितामा सहभागीलाई करिब डेढ महिनाको अवधिमा विभिन्न विधामा प्रशिक्षण दिईने छ । उनीहरुलाई आत्मविश्वास, आमसञ्चार, व्यक्तित्व विकाश, सामाजिक सेवा, नृत्य, फिटनेश सहित विभिन्न शिप सिकाईने छ । १२ औं मिस नेवाःको चयन आगामी माघको दोस्रो साता काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना गरिनेछ । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन्।
Liked by: