नेवार पहिरनमा मिस नेवाः का प्रतिस्पर्धीहरु | Hamro Patro

ब्लग - साहित्य / Fashion (फेसन)

नेवार पहिरनमा मिस नेवाः का प्रतिस्पर्धीहरु




   Suyog Dhakal - Jan 31 2017

बहुजाती बहुभाषी अनि बहुसस्कृती भएको देश नेपालको सिंगो पहिचानमा नेवार समुदायले एउटा महत्वपूर्ण र अदभुत स्थान राखेको छ । यसै नेवार समुदाय अनि पहिचान लगायत भेषभुषा अनि सस्कारलाई जिवन्त राख्नकालागी नेप्लीज फेशन होमले मिस नेवा: कार्यक्रम आयोजना गर्दै आएको छ ।

यसैक्रममा यहि २०७३ साल माघ १५ गते शनिवारको  दिन १२औ सस्करणको मिस नेवाः का प्रतिस्पर्धीहरुमाझ नेवारी परम्परा अनि भेषभुषा झल्काउने खाले मिसनेवा अटायर शो अर्थात पहिरन शो गरिएको थियो ।


नेवार समुदायको परम्परागत पहिरन हाकुपटासि लगायत नेवार समुदायका विशिष्ट चाडपर्वहरु जस्तै ईन्द्रजात्रा, म्हः पूजा, दशै, योमरि पूर्णे, फागु, बेलविवाह, कुमारीजात्रा आदिजस्ता अवसरका पहिरनहरु सँग केन्द्रित थिए । यस अटायर शो मा प्रथम पुरस्कार पाउने प्रतियोगीले फाईनलको दिन बेस्ट अवार्ड जित्ने छन् । मिस नेवा: प्रतिस्पर्धामा अहिलेसम्म २८ जना प्रतिस्पर्धीहरु रहेका छन्, यि २८ जना प्रतिस्पर्धीहरु परम्परागत पहिरनमा स्टेजमा उत्रदा अलौकीक र मौलिक देखिएको थियो ।


अटाएर शोका निर्णायकमा प्राईम बैंकमा उपमहाप्रबन्धक भाईराजा तुलाधर, नमुना कलेज अफ फेशन एन्ड टेक्नोलोजीका उपप्रमुख जिवेश्वरलाल श्रेष्ठ, नेपाल बुटिक एसशोसियनसनका सँस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, युएफओका सचिन श्रेष्ठ, उधोगी प्रदीपमान प्रधान, मेकअप आर्टिस्ट मञ्जु कार्की लगायत थिए ।


यस मिस नेवा: कार्यक्रमको एप पार्टनरका रुपमा नेपालीहरुको प्रिय मोबाईल एप, हाम्रो पात्रो रहेको छ ।
अनि मिस नेवाका प्रतिस्पर्धीहरुमा तपाईलाई मनपर्ने प्रतिस्पर्धीकालागी हाम्रो पात्रोले मिस नेवाः प्रतियोगीताकालागी विशेष च्याट बोट बनाएको छ जसमार्फत तपाईले आफ्नो चित्तपरेको प्रतिस्पर्धीलाई भोट गर्न सक्नुहुनेछ ।


आगामी २६ माघमा राजधानीको कमलादी स्थित प्रज्ञा भवनको प्रेक्षालयमा हुने अन्तिम प्रतिस्पर्धाबाट १२ औं मिस नेवाः को चयन हुने भएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.