
मिस नेवाः तथा पूर्व मिस नेवाःहरुलाई योमरि बनाउन पनि सिकाईएको थियो । पूर्व मिस नेवा मध्य सुनिता डंगोल र मिस लिटिल नेवा डिसिप्लेनकी अभिभावक पुनम शाक्यले योमरि बनाउन सिकाईन् । आफ्ना बजैहरुले घरमा योमरि बनाएर खुवाउने गरे पनि आफुहरुले कहिल्यै नबनाएको बाँकी मिस नेवाहरुले बताए ।