शनिबार ग्वार्को स्थित १९९९ ए डी पार्टी प्यालेस मा मिस नेवा: ११३७ को समय् बजि कार्यक्रम सम्पन्न भयो ।समय् बजि अर्थात नेवार समुदायले कुनै बिशेष कार्यक्रममा पाहुनाहरुलाई खुवाउन बजि अर्थात चिउरासंग अरु धेरै परिकार जस्तै छोयला,आलु ,अचार ,भटमास ,बारा ,साग ,अदुवा ,बोडी र अन्यलाई सजाएर लप्टे ( पात को थाल) मा राखी दिनुलार्इ भनिन्छ, मिस नेवा: को आयोजक नेप्लिज फेसन होम कि हेमा मानन्धरले हाम्रो पात्रोसँग को कुराकानीमा बताउनु भयो ।
मिस नेवा: का प्रतियोगीहरुले विभाजितभर्इ समूह बनाइ छुट्टा छुट्टै परिकारहरु उपस्थित हुने पाहुनाको लागि आफै बनाएका थिए । कुनै समूह ले आलू बनाए भने कुनै समूह ले छोयला । बिहानै देखि परिकार तैयार गर्न मा ब्यस्त भएका मिस नेवा: का सबै प्रतियोगी सँग हाम्रो पात्रो ले कुराकानी गर्दा सबै प्रतियोगीहरुमा मिस नेवा: को अहिले सम्मको यात्राले उत्साह भरिएको देखियो । धेरै प्रतियोगीहरुले समय् बजि पहिल्यै बनाइ सके पनि धेरैलार्इ भने समय् बजि तैयार गरेको त्यो पहिलो अनुभव थियो । नेवारी कला, संस्कृति र भाषा को तालिम दिइने यो १२औ मिस नेवा: को फाईनल माघ २४ मा हुने हुदा सबै प्रतियोगीहरु थप उत्साहित थिए । मिस नेवा: का सबै प्रतियोगीहरु सँग को कुराकानी हाम्रो अडियो सामाग्री मा सुन्न सक्नुहुनेछ ।
उक्त समय् बजि कार्यक्रम मा थुप्रै पाहुना संगसंगै संचारकर्मी हरु पनि उपस्थित थिए ।
Liked by: