मिस नेवाः प्रतिस्पर्धीहरुको ट्यालेन्ट | Hamro Patro

ब्लग - साहित्य / Fashion (फेसन)

मिस नेवाः प्रतिस्पर्धीहरुको ट्यालेन्ट




   Suyog Dhakal - Feb 02 2017
मिस नेवाः प्रतिस्पर्धीहरुको ट्यालेन्ट कुराकानी

२०७४ सालको सरस्वती पूजाको दिन काठमाडौमा मिस नेवाः का प्रतिस्पर्धीहरु आफ्नो कला देखाउने  युएफओ ट्यालेन्ट शोमा सहभागी भए ।

यस ट्यालेन्ट शो मा आ आफ्ना कला देखाउकालागी सबै प्रतिस्पर्धीहरुलाई ३ मिनेटको समय दिईएको थियो । यसरी ३ मिनेटमा आ-आफ्ना प्रतिभा देखाई यस ट्यालेन्ट शो मा आफूलाई उत्कृष्ट साबित गर्न प्रतिस्पर्धीहरुले गीत गाउने, नृत्य प्रर्दशन गर्ने, अभिनय गर्ने अनि विषयविशेषमा आफ्नो धारणा प्रस्तुत  गरेका थिए ।



हाम्रो पात्रो पनि यस प्रतियोगीताको औपचारीक मिडिया पार्टनरकाका रुपमा रहेको छ, नेवार समुदायको रहनसहन, सस्कार, भेषभुषा अनि मुल्य मान्यतालाई झल्काउने यस प्रतियोगीताका प्रत्यक शो हरु अनि कदमहरुलाई हाम्रो पात्रोले आफ्ना लाखौलाख प्रयागेकर्ता समक्ष ल्याउदैगरेको छ ।



हाम्रो पात्रोले मिस नेवा: का प्रतिस्पर्धीहरुसँग ट्यालेन्ट शो मा आ-आफ्नो कला प्रस्तुत गर्न पाउदा को अनुभव कस्तो रह्यो भनि प्रश्न गरेको थियो । प्रतिस्पर्धीहरुसँग भएको कुराकानी हाम्रो अडियो सामाग्रीमा  सुन्न सक्नुहुनेछ ।


अनि मिस नेवा: का प्रतिस्पर्धीहरुमा तपाईलाई मनपर्ने प्रतिस्पर्धीकालागी हाम्रो पात्रोले मिस नेवाः प्रतियोगीताकालागी विशेष च्याट बोट बनाएको छ जसमार्फत तपाईले आफ्नो चित्तपरेको प्रतिस्पर्धीलाई भोट गर्न सक्नुहुनेछ । आगामी २६ माघमा राजधानीको कमलादी स्थित प्रज्ञा भवनको प्रेक्षालयमा हुने अन्तिम प्रतिस्पर्धाबाट १२ औं मिस नेवाः को चयन हुने भएको छ ।




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.