मन्दिप गाैतम · Feb ९, २०१७
पूर्व मिस नेवाहरूको समेत उपस्थिति रहेको आजको १२ औं मिस नेवाको फाइनल समारोहमा 'हाम्रो ChatBot' तथा SMS को आधारमा अत्यधिक भोट ल्यार्इ प्रतियोगी नं. ७ रहेकी किपुलाचाकी ओमिजिना महर्जनले Public Choice विधा अन्तर्गतको अवार्ड हात पारेकी छिन । यस बिधा अन्तर्गत Viber प्रयोगकर्ताहरूले हाम्रो ChatBot को प्रयोग गरी भोटिंङ गरेका थिए ।
नेप्लिज फैसन होमले आयोजना गरेको '१२ औं मिस नेवा:' को करीब डेढ महिना लामो यात्रालार्इ टुंग्याउँदै प्रतियोगी नं. २३ रहेकी इसु श्रेष्ठले विजेता ताज चुम्न सफल भएकी छिन् । त्यसैगरी प्रतियोगी नं. १९ श्रृष्टि खड्की दोश्रो रनरअप तथा प्रतियोगी नंं. २२ अोजस्वी श्रेष्ठ प्रथम रनर अप बन्न सफल भएकी छिन । कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आज भएको निर्णायक समारोहमा १२औं मिस नेवा: को मुख्य ताज सहित अन्य बिजेताहरुको घोषणा गरियो ।