
फाइनलको अीन्तम प्रतिष्पर्धाका लागि अदिति श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुङ, पोसा थापा, सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल र स्वीकृती भट्टराई छानिएका थिए। सहभागी प्रतियोगीहरुलाई विजेता र उपविजेता बाहेक अरु थप १० विधामा अवार्ड हरु प्रदान गरि सम्मान गरिएको थियो।
अमेरिकाको टेक्सास राज्यको डालस शहरमा समपन्न भएको Miss Nepal US (मिस नेपाल अमेरिका) २०१८ को फाइनलमा दिलाशा न्यौपानेले यस बर्षको ताज पहिरेकी छिन्। 'नेपाल ११ इन्टरटेनमेन्ट' को आयोजनामा सम्पन्न भएको यस प्रतियोगिताको छैठौं संस्करणमा अमेरिकामा रहेका २१ इच्छुक नेपाली युवतीहरुको सहभागिता रहेको थियो।