मिस नेपाल यूएस-२०१८; छैठौं संस्करण टेक्सास राज्यको डालस हुने, बिजेतालाई ५ हजार डलरको छात्रवृत्ति | Hamro Patro

ब्लग - साहित्य / Fashion (फेसन)

मिस नेपाल यूएस-२०१८; छैठौं संस्करण टेक्सास राज्यको डालस हुने, बिजेतालाई ५ हजार डलरको छात्रवृत्ति




थप जानकारीका लागी कृपया 'मिस नेपाल युएसए' को आधिकारिक इमेल [email protected] मा सम्पर्क गर्नुका साथै मिस नेपालयुएसए'को आधिकारिक वेब पेज www.missnepalus.com मार्फत जानकारी प्राप्त गर्न सकिने जानकारी अायोजकका तर्फबाट प्रतिक सुवेदीले जानकारी गराउनु भयो ।



मिस नेपाल युएसको छैठौं संस्करण अमेरिकाको टेक्सास राज्यको डालस शहरमा आगामी अगस्ट १९ तारिख हुने भएको छ । 'नेपाल ११ इन्टरटेनमेन्ट' को ब्याबस्थापनमा हुने Miss Nepal US (मिस नेपाल अमेरिका) २०१८ का लागि १९ देखि २९ वर्ष उमेर समूहका अमेरिकामा रहेका इच्छुक नेपाली युवतीहरुका लागि सहभागिताको आवेदन फाराम आव्हान गरिएको छ। अनलाईन फाराम भने www.missnepalus.com मा उपलब्ध गरिएको छ। प्रतियोगिताको विजयीलाई पाँच हजार अमेरिकी डलर धन राशिले सम्मान गरिने छ।

सन् २०११ देखि अमेरिकाको न्यू योर्क शहरबाट शुरु गरिएको मिस नेपाल युएस कार्यक्रमका संस्थापक, परिकल्पनाकार अमेरिकामा चर्चित युवा नेपाली ईण्टरप्रेनर अमित शाह हुन् ।

अमेरिकामा रहेका नेपाली युवतीहरुमा लक्षित सौन्दर्य र बौद्धिकता मापनको प्रतिस्पर्धात्मक कार्यक्रम मिस नेपाल युएसले 'ईम्पावरिङ्ग युथ, प्रोमोटिङ नेपाल' मूल नारा अघी सार्दै आएको छ भने अमेरिकास्थित नेपालीहरुमा सामाजिक साँस्कृतिक सचेतता र सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यलाई कुनै न कुनै रुपमा आत्मसात गर्दै आएको छ । विगतका दिनहरू झैँ अमेरिका नेपाली समुदायले देखाएको माया, सहयोग र स्नेह प्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि माया र सहयोगको आशा गरेको कुरा कार्यक्रमका संस्थापक अमित शाह जानकारी गराए ।

नेपालस्थित ई प्लानेट प्रा.लि.को सहकार्यमा अमेरिकास्थित इभेन्ट प्लानेट इन्कको आयोजनामा गएको पाँच वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको मिस नेपाल युएस सुन्दरी प्रतियोगिताको हालसम्मका बिजेताहरुमा सन् २०११ मा न्यू योर्क शहरमा सम्पन्न पहिलो मिस नेपाल युएस सुन्दरी प्रतियोगिताबाट वासिङ्टन डिसीकि सुजिता बस्नेत प्रथम बिजेता बन्न सफल भएकी थिईन् । सन् २०१२ मा वासिंटन डिसीमा सम्पन्न दोस्रो सुन्दरी प्रतियोगिताबाट भर्जिनियाकि आस्था श्रेष्ठ बिजयी बनेकी थिईन । सन् २०१३ मा न्यू योर्क शहरमा सम्पन्न तेस्रो मिस नेपाल युएस सुन्दरी प्रतियोगिताबाट न्यू योर्क/टेक्सासकि बर्तिका राई बिजेता बनेकी थिईन् भने सन् २०१४ मा न्यू योर्क शहरमा सम्पन्न चौंथो सुन्दरी प्रतियोगिताबाट ओहायो राज्यकी २७ बर्शिय खुश्बु मिश्र बिजयी बनेकी थिईन् । त्यसैगरी, सन् २०१५ मा न्यू योर्क शहरमै सम्पन्न पाँचौं सुन्दरी प्रतियोगिताबाट नर्थ क्यारोलिनाकि प्रियंका थपलिया बिजयी बनेकी थिईन् ।

२०११ मा 'मिस नेपाल युएस 'को नामबाट सुरु भएको यो प्रतियोगिता २०१५ सम्म सुचारुरुपले प्रत्येक वर्ष आयोजना भएको थियो। तर, पछिल्ला दुई वर्ष हामीले यसलाई अर्को स्तरमा पुर्याउन र व्यापक बनाउन यो विषयमा अध्यन तथा विशेषज्ञहरूसँग परामर्शमा बिताएका थियौँ र यस वर्ष मिस नेपाल युएसएको छैटौँ संस्करण अमेरिकन नेपाली समुदाय समक्ष प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त गौरबान्दित छौ।

थप जानकारीका लागी कृपया 'मिस नेपाल युएसए' को आधिकारिक इमेल [email protected] मा सम्पर्क गर्नुका साथै मिस नेपालयुएसए'को आधिकारिक वेब पेज www.missnepalus.com मार्फत जानकारी प्राप्त गर्न सकिने जानकारी अायोजकका तर्फबाट प्रतिक सुवेदीले जानकारी गराउनु भयो ।

यसैगरी 'नेप्लिज अमेरीकन फेस्टिभल'का संस्थापक तथा कार्यकारी निर्देशक अमित प्रसाद साहले यहि ४ अगष्ट २०१८ का दिन न्यूयोर्कमा 'नेप्लिज अमेरीकन फेस्टिभल' अायोजन हुने कुरा समेत थप्नुभयो । यस कार्यक्रमकालागि नेपालको प्रसिद्ध क्लासिकल फ्यूजन साङ्गीतिक समूह तथा इभेन्ट म्यानेज्मेन्ट कम्पनि 'रक सिद्धि'संग समन्वय गरेका छाैं । जसकालागि 'रकसिद्धि'का अध्यक्ष तथा 'नेप्लिज अमेरीकन फेस्टिभल'का नेपाल को-अर्डिनेटर अमित कुमार उपाध्यायसंग अायोजन हुने कार्यक्रमका विषयवस्तुमा वृहत्त छलफल समेत भइसकेको जानकारी अमित प्रसाद साहले बताउनुभयो । सन् २०१० देखि नियमित श्रृंखलाका रूपमा न्यूयोर्क शहरमा अायोजन हुँदै अाएको यस पटकको अाठाैं 'नेप्लिज अमेरीकन फेस्टिभल'मा रकसिद्धिले तबला, सारङ्गी र बाँसुरी समिश्रित नेपाली लोक फ्यूजन पस्किने बताएको छ ।

टेक्सासमा यहि १८ अगष्ट २०१८ मा हुने 'मिस नेपाल यूएस-२०१८' तथा 'नेप्लिज अमेरीकन फेस्टिभल' को मेडिया सहयोगीका रूपमा 'हाम्रो पात्रो'ले यस सम्बन्धि विशेष कभरेज समेतको तयारी गरेको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.