सौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल | Hamro Patro

ब्लग - साहित्य / Fashion (फेसन)

सौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल





मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले आफ्नो एप् मार्फत सम्पूर्ण इच्छुक महिलाहरुलाई यस सैन्दर्य प्रतियोगितामा सहभागिता जनाउनको लागि आह्वान गरेको छ ।

ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. का फाउण्डर र २०१७ को मिस यूनिभर्स नग्मा श्रेष्ठले यही असोज २२ गते, बिहिबारका दिन, ए.पि. वान एच् डि मा प्रत्यक्ष प्रसारित कार्यक्रम “द नग्म्याटिक शो" मार्फत उक्त MUN एप लन्च गर्नु भएको थियो

यस मिस यूनिभर्सका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौदर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि रहको घोषणा नग्मा श्रेष्ठले गर्नुभएको थियो ।

यस MUN २०२० एप्लाई एन्ड्रोइडको गुगल प्ले स्टोर तथा एप्पल आइ ओ एस दुवैमा लन्च गरिएको छ । सहभागी हुने पहिलो २० प्रतियोगीहरुको लागि निःशुल्क रजिष्ट्रेसन रहेको छ र पछिल्लो ५००० प्रतियोगीहरुका रु.१००० तथा देश बाहिर रहेका नेपालीहरुको लागि ५० डलर रजिष्ट्रेसन शुल्क निर्धारण गरिएको छ ।

यस प्रतियोगिताका लागि आवेदन तथा दर्ताको घोषणा एक प्रत्यक्ष प्रसारित कार्यक्रम मार्फत गरिएको थियो । उक्त कार्यक्रममा अथितिको उपस्थितिका साथै मिस यूनिभर्स नेपाल २०२० का एम्बेसेडरहरुले प्रदान गर्नुभएको योगदानहरुलाई प्रस्तुत गरिएको थियो ।

यस प्रतियोगिताको घोषणा भएको ४८ घण्टामा १५०० भन्दा बढी प्रयोगकर्ताहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने छ । अविश्वस्नीय यस प्रतियोगिताले आकर्षक धन राशिका साथै विश्वमै समावेशी प्रतियोगिताको मशाल बोक्दै अघि बढ्ने अठोट लिएको छ ।

सामूहिक विविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैङ्गिक विविधता मात्र नभई तौल, उचाइ तथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत सहभागिता रहनेछ ।

“द नग्म्याटिक शो” मार्फत नग्मा श्रेष्ठ भन्नुहुन्छ, “ पेजेन्ट्री केही मानिसहरूका लागि विशेषाधिकारमा मात्र सीमित हुनु हुँदैन, बरु यो धैरे व्यक्तिहरुका लागि अवसर हुनुपर्दछ ।”

नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेता मतदानबाट छनौट गरिनेछ ।

ईच्छुक महानुभावहरुको उत्साहजनक प्रतिक्रीयाबाट हामी अभिभूत भएकोले रेजिष्ट्रेशन मिति यही कार्तिक २५ गते बिहान १० बजेसम्मको लागि थप गरिएको छ ।

थप जानकारीको लागि : http://missuniversenepal.org/



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.