मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः ।
मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।।
विक्रम संवत २०८० साल अर्थात् ईस्वीय सन् २०२३-२०२४ र नेपाल संवत ११४३-११४४ । यस वर्षमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले ज्योतिषशास्त्र र धर्मशास्त्रका विद्वान तथा अन्य विज्ञजनहरूलाई आमन्त्रण गरी उहाँहरूको सल्लाह तथा सुझाव अनुरुप तयार गरिएको पञ्चाङ्ग निर्णयक समितिद्वारा निर्णय गरिएको मुख्य चाडपर्वहरूको संक्षिप्त जानकारी यसप्रकार रहेको छ :
बडा दशैं २०८०
असोज १३ गते देखि असोज २७ गतेसम्म सोह्रश्राद्ध
असोज २८ गते घटस्थापना
कार्तिक ४ गते फूलपाती
कार्तिक ५ गते महाष्टमी
कार्तिक ६ गते महानवमी
कार्तिक ७ गते विजयादशमी
तिहार २०८०
कात्तिक २५ गते कागतिहार
कात्तिक २६ गते कुकुरतिहार / लक्ष्मीपूजा
कात्तिक २७ गते गाईपूजा
कात्तिक २८ गते गोबर्द्धन, म्ह पूजा
कात्तिक २९ गते भाइटीका
विक्रम संवत २०८० का अन्य महत्वपूर्ण तिथि मिति र चाडपर्वहरुको जानकारी हाम्रो पात्रो एपमा अपडेट गरिसकेका छौ ।
Liked by: