
हाम्रो जीवनमा यस्तो पलहरू आउछन् जब हामीमा निराशा हावी हुन्छ र हामीलाई लाग्छ सबै कुरा असहनीय छ । जब हामी ती क्षणहरूमा हुन्छौं, आफ्नो जीवन समाप्त गरेर यी पीडाहरू स्थायी रूपमा अन्त्य गर्ने विचारहरू आउँछन् । तर हामीलाई लागेको आत्महत्याबाट स्थायी समाधान वास्तवमा समाधान होइन । आफ्ना नजिकका र प्रियजनहरूका लागि त्यो घटना एक त्रासदी हो । त्यसैले यो समाधान होइन । प्रत्येक जीवन आफ्नै तरिकामा मूल्यवान हुन्छ, र साथ दिने हातहरू धेरै हुन्छन् । र त्यो निराशाको समय सधैंभरि रहँदैन । त्यहाँ सधैं आशाको किरण हुन्छ । अब हामी आत्महत्याको रोकथाम कसरी गर्न सक्छैा ।
