
आउँदो भाद्र २ गते शनिबार बिहान ११ बजे सिफल स्कुलले अन्तर विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गर्दैछ । यो विभिन्न विद्यालयहरूका सहभागीहरू बिच हुने कविता प्रतियोगिता हो । यस प्रतियोगितामा प्रत्येक विद्यालयबाट बढीमा २ जना विधार्थीहरू सहभागी हुन पाउने छन् । कविता, गद्य र पद्य गरी दुई शैलीमा लेख्नु पर्ने हुन्छ । कविताको स्थलगत लेखन २०८० श्रावण २६ गते बिहान ११ बजेदेखि १ बजेसम्म हुनेछ ।
