
सन् १९९९ मा संयुक्त राष्ट्र संघले युवाहरूको मुद्दालाई केन्द्रित गर्न अगस्ट १२ लाई युवा दिवसको रूपमा घोषणा गर्यो । युवाहरूमा मानसिक स्वास्थ्य, पुस्ताबीचको एकता, युवाका लागि सुरक्षित ठाउँ जस्ता महत्वपूर्ण विषयवस्तुहरूको उठान गर्दै यो दिवस मनाउदै आइएको छ । अहिले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको संकटको सामना गरिरहेको अवस्थामा हामी अझै पर्यावरण-मैत्री र जलवायु-सचेत जीवन शैली तर्फ अग्रसर हुन जरुरी भएको छ । त्यसको लागि हरित सीपहरू हुन जरुरी छ र विशेष गरी युवाहरूमा यो अझ महत्वपूर्ण छ जसले लामो समयसम्म यस क्षेत्रमा योगदान गर्न सक्छन् । यी कार्यहरूले वातावरण संरक्षण, पुनर्स्थापना र दिगो भविष्यमा योगदान पुर्याउँछ ।
