
दिव्य स्त्रीलिंगीको अभिव्यक्ति हो लिङ्ग भैरवी । लिङ्ग भैरवी ध्यानलिङ्गको स्त्री प्रतिरूप हो । लिङ्ग भैरवी देवीलाई नेपालमा स्वागत गर्न भव्य समारोहमा भैरवी उत्सव आयोजना गरिएको हो । लिङ्ग भैरवीको तीब्र ऊर्जा र अनुग्रहमा अनुभव गर्ने र समाहित हुने यस अवसरमा सांस्कृतिक नृत्य, संगीत र भक्तिको कार्यक्रम हुनेछ । यस कार्यक्रममा सद्गुरु स्वयम् उपस्थित हुनुहुनेछ ।