सद्‌गुरु नेपाल आउँदै, भैरवी उत्सवमा सहभागी कसरी हुने ? | Hamro Patro

ब्लग - साहित्य / Blog

सद्‌गुरु नेपाल आउँदै, भैरवी उत्सवमा सहभागी कसरी हुने ?





के हो भैरवी उत्सव ?
दिव्य स्त्रीलिंगीको अभिव्यक्ति हो लिङ्ग भैरवी । लिङ्ग भैरवी ध्यानलिङ्गको स्त्री प्रतिरूप हो । लिङ्ग भैरवी देवीलाई नेपालमा स्वागत गर्न भव्य समारोहमा भैरवी उत्सव आयोजना गरिएको हो । लिङ्ग भैरवीको तीब्र ऊर्जा र अनुग्रहमा अनुभव गर्ने र समाहित हुने यस अवसरमा सांस्कृतिक नृत्य, संगीत र भक्तिको कार्यक्रम हुनेछ । यस कार्यक्रममा सद्‌गुरु स्वयम् उपस्थित हुनुहुनेछ ।

कहिले हुँदैछ भैरवी उत्सव?
यो समारोह फाल्गुण २५ अर्थात मार्च ९ मा हुन गईरहेको छ ।
यस कार्यक्रमको प्रत्यक्ष अनुवाद नेपालीमा पनि उपलब्ध हुनेछ ।

को हुन सद्‌गुरु?
सद्‌गुरु एक प्रसिद्ध योगी र आध्यात्मिक हुनुहुन्छ जो ईशा फाउण्डेसनको संस्थापक हुनुहुन्छ ।

कार्यक्रमका मूख्य विषेशताहरू
१. सद्‌गुरुबाट विशेष सत्संग हुनेछ जहाँ उहाँले देवीका विभिन्न पक्षहरू अन्वेषण गर्नुहुनेछ ।
२. सद्‌गुरुद्वारा शक्तिशाली ध्यान निर्देशित हुनेछ ।
३. भक्तिपूर्ण देवीको भजन, ईशाको ध्वनि र नृत्य हुनेछ ।

समारोहमा कसरी सहभागी हुने?
यदि हजुरहरूलाई यस कार्यक्रममा सहभागी हुन मन लागेको छ भने हाम्रो पात्रो एपबाट नै टिकट किन्न सक्नुहुनेछ ।
टिकट किन्न यहाँ क्लिक गर्नुहोस् ।

कसले भाग लिन सक्छ?
यस कार्यक्रममा ८ वर्ष भन्दा माथिका जो कोहीले पनि भाग लिन सक्नेछन् ।

सिट विभाजनहरू

सिटको श्रेणी        विशेषता                                            दर
नारायणी                सामान्य                                            नि:शुल्क
त्रिशुली                   सामान्य र थप व्यवस्थाको सिट          रु. ३३०।
ईन्द्रावती                 रुचाइएको सिट                                रु. २,२००।
विष्णुमती                रुचाइएको र थप व्यवस्थाको सिट      रु. ५५,००।
बाग्मती                   प्राथमिकता सिट                                रु. ११,०००।
गण्डकी                  प्रिमियम सिट                                     रु. २२,०००।

* सबै सहभागीहरूले पवित्र देवीको भेटी, देवीको अभय सूत्र र देवीको विशेष फोटो प्राप्त गर्नेछन् ।
* सबै आम्दानी लिङ्ग भैरवी, नेपालको निर्माण भइरहेको आध्यात्मिक पूर्वाधारमा प्रयोग हुनेछ ।

कति बजेसम्म कार्यक्रममा आईपुग्नुपर्ने छ ?
चेक-इन प्रक्रिया पूरा गर्न दिउँसो ३ बजेसम्म कार्यक्रम स्थलमा पुग्नुपर्नेछ । साझ ५:३० भन्दा पछि चेक-इन सम्भव हुनेछैन ।

के झोला वा सामान साथमा ल्याउन सकिन्छ ? के खाना बोक्न सकिन्छ ?
भण्डारणको लागि कुनै ठाउँ छुट्याइएको छैन । आफ्नो ह्यान्डब्याग साथमा बोक्न भने पाइन्छ । यदि आवश्यक भएमा पानीको बोतल र खाना आफै ल्याउनुपर्नेछ ।

यदि हजुरहरूलाई यस कार्यक्रममा सहभागी हुन मन लागेको छ भने हाम्रो पात्रो एपबाट नै टिकट किन्न सक्नुहुनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.