दशैं बिशेष कार्यक्रम हाम्रो दशैं Radio Concert | Hamro Patro

ब्लग - साहित्य / Blog

दशैं बिशेष कार्यक्रम हाम्रो दशैं Radio Concert





२०७२ संगै नेपाली पुस्ताले एकैचोटि धेरै सामाजिक, राजनीतिक, अार्थिक तथा न्याय सम्बद्ध मुद्दाहरूको अनुभूति गर्ने पाएको छ । लड्दै-पर्दै अनेक पीडा, हाँसो, खुशी अनि अनेक अनुभूतिहरू संगाल्दै खुशीयालि, बैभव तथा प्राचिन पहिचान सहितको हिन्दूहरूको महान चाड बडा दशैं अब हाम्रो अाँगनमा छ । नेपालीहरूले भाेग्दै अाएकाे अनेक अप्ठेरो, सकशयूक्त दैनिकीलार्इ केहिदिन भएपनि भुलाउने बहाना शायद बन्न सक्छ यो चाड । अाउनुहोस् यो दशैंलार्इ अझ उर्जाका साथ समर्पित गराैं रोजगारी, शिक्षण अादिका क्रममा देश बाहिर बस्ने लाखाैं नेपालीप्रति, जो बडा दशैंको यो पावन पललार्इ महशुस गर्न चाहनुहुन्छ, अनुभव लिन चाहनुहुन्छ बिशुद्ध नेपाली संगीत अनि स्रष्टाका अनुपम श्रृजनाका साथ । साथै देशमैं बसेर फरक खाले सांगीतिक अनूभूति लिन चाहनेहरूकालागि 'हाम्रो पात्रो' तथा 'खोजी रेडियो' सहर्ष प्रस्तुत गर्दछ, "दशैं बिशेष कार्यक्रम हाम्रो दशैं Radio Concert" ।


बडा दशैं २०७१ को सांगीतिक अनुभूति यदि अझै ताजा छ र नेपाली संगीतलार्इ अझै फरक शैलिमा सुन्न, महशुस गर्न खोज्दै हुनुहुन्छ भने यहि कार्तिक ४ गते महा अष्टमि/नवमीका दिन नेपाली समयानुसार बिहान ६ः३० देखि राति ८ः३० सम्म तपाइको प्रिय माेबाइल एप्लिकेशन हाम्रो पात्रोको खोजी रेडियोबाट  सुन्न नभुल्नुहोला "दशैं बिशेष कार्यक्रम हाम्रो दशैं Radio Concert"


कलाकारहरूः
०१) जेम्स प्रधान


०२) मिलन अमात्य


०३) सक्षम सांगीतिक समूह




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.