
तिहारको तेस्रो दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईंन्छ । घरमा अन्न धेरै आओस् भनेर लक्ष्मीको पूजा गरिएको विश्वास छ । घरघरमा लक्ष्मी भित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले पोतेर लक्ष्मी हिँड्ने बाटो बनाइन्छ । त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर केराको सुतलामा बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती बाल्ने चाड हो । त्यसैले यस चाडलाई दीपावली पनि भनिन्छ ।