हाम्रो पात्रोको नयाँ संस्करण | Hamro Patro

ब्लग - साहित्य / Blog

हाम्रो पात्रोको नयाँ संस्करण





By Aakar Anil  (http://www.aakarpost.com/) 

नेपालीहरु माझ परिचित, १० लाख भन्दा धेरै पटक डाउनलोड भएको हाम्रो पात्रोको नयाँ संस्करण १०.९.०, थप नयाँ सुविधाहरुको साथ आजबाट प्लेस्टोरमा उपलब्ध भएकोछ । गत वर्ष  सेप्टेम्बरमा डिजाइनमा व्यापक सुधार गरेको हाम्रो पात्रोले यस पटक डिजाइनको साथ साथै, उपलब्ध सामाग्रीहरु पढ्ने/हेर्ने तरिकामा सुधार गरेको छ । हाम्रो पात्रो, क्यालेन्डर/पात्रोको लागि मात्र नभइ, दैनिक खबर पढ्न, लोडसेडिङबारे जानकारी लिन, अर्थ बजार बुझ्न, रेडियो सुन्न आदि विविध रुपमा प्रयोग हुँदै आएकोछ । यसब्लगमा हाम्रो पात्रोको नयाँ संस्करणमा आएका नयाँ सेवा सुविधाहरु बारे चर्चा गर्दैछौँ ।



सम्बन्धित समाचार


हाम्रो पात्रोमा समाचार धेरै पहिले देखि नै उपलब्ध भएपनि, उस्तै समाचार या भनौँ एउटा कुनै विषयमा सूचना, समाचार पाउन निकै खोज्नुपर्ने हुन्थ्यो । हाम्रो पात्रको नयाँ संस्करणमा थपिएको सम्बन्धित समाचार (Similar) सेवाले एउटा विषयका समाचार हेर्न/पढ्न खोज्ने प्रयोगकर्ताहरुलाई थप सजिलो बनाइदिएको छ । जस्तो तपाई सूचना-प्रविधिका मात्रै समाचार हेर्न/पढ्न चाहनुहुन्छ भने, कुनै एउटा सूचना-प्रविधिको समाचारसँग सम्बन्धित समाचारहरु त्यहीँबाट हेर्न सक्नुहुन्छ । 



Hamro Patro


नेपाली न्युज माइनिङ इन्जिन प्रयोग गरेर एउटै विषयका उस्तै समाचारहरु, विभिन्न स्रोतहरुबाट लिएर हाम्रो पात्रोमा सुचिकृत गरेर देखाइएको हो । मेसिन लर्निङ पद्दतिबाट नेपाली भाषा सम्बन्धि तालिम गराइएको 'नेपाली न्युज माइनिङ इन्जिन'ले नेपाली भाषामा उस्तै प्रकारका समाचार देखाउने कार्यमा ९० प्रतिशत सफलता हासिल गरेको, हाम्रो पात्रोका शंकर उप्रेतीले ब्लगमा  उल्लेख गरेका छन् । समयसँगै नेपाली न्युज माइनिङ इन्जिनमा सुधार हुँदै जाने हाम्रो पात्रो टिमले जनाएकोछ । प्रयोगकर्ताहरुले रुची र छनौट अनुसार आफूलाई मन परेका सामाग्री एकै ठाउँमा पढ्न पाउने बनाउनु, हाम्रो पात्रो टिमको सफलता हो ।

डाटा स्पिड अनुसार तस्विर गुणस्तर

तपाई थ्रिजी, फोरजी वा वाइफाइमा हाम्रो पात्रो चलाउनुहुन्छ भने, तस्विर लोड गर्न खासै समस्या नहोला । तर तपाई टुजी नेटवर्कमा हुनुहुन्छ वा लिमिटेड डाटा प्याकेजमा हुनहुन्छ भने, ठूला फोटोहरु लोड गर्न कठिन हुन्छ । प्रयोगकर्ताहरुको नेटवर्कको समस्यालाई ध्यानमा राखेर हाम्रो पात्रोले डाटा स्पिड/नेटवर्क अनुसार तस्विरको गुणस्तर (क्वालिटि) स्वत घटबढ हुने सुविधा थपेको छ । मानौँ, तपाई टुजी नेटवर्कमा हुनुहुन्छ भने, हाम्रो पात्रोले टुजी नेटवर्कको लागि 'अप्टिमाइज' गरेको कमसल गुणस्तरको तस्विर देखाउँछ छ तर तपाईको ईन्टरनेट कनेक्सन राम्रो छ भने, ओरिजिनल तस्विर देखाउँछ । तर तपाई आफ्नो ईन्टरनेट डाटा बचाउन चाहनुहुन्छ भने, सेटिङबाटै तस्विरको क्वालिटि घटाउन सक्नुहुन्छ ।


पञ्चाङ्ग

हाम्रो पात्रोले पञ्चाङ्गलाई यस संस्करणमा थप सुधार गरेको छ, अब कुनै पनि दिन कति बजेबाट तिथी शुरुवात हुन्छ, कतिबजे सकिन्छ भन्नेकुरा सजिलै थाहा पाउन सकिन्छ । पञ्चाङ्गमा नेपाल संवत सँगै दैनिक सुर्योदय, सूर्यास्त, चन्द्रोदय र चन्द्र अस्तको समय पनि उल्लेख गरिएकोछ।

तरकारी बजार

अब तरकारी र फलफूलको बजार मुल्य पनि दैनिक रुपमा हाम्रो पात्रोमा हेर्न सकिन्छ । प्रयोगकर्ताहरुले तरकारी बजार मार्फत् कालिमाटी थोक तथा खुद्रा तरकारी बजार ब्यबस्थापनले तोकेबामेजिम खुद्रा र थोक दुवै मूल्यहरु एपमा प्राप्त गर्न सक्नेछन् ।


Hamro Patro


लोडसेडिङ विजेट अपडेट

हाम्रो पात्रको 'टुडे' विजेटमा लोडसेडिङको नोटिफिकेशन थप गरिएको छ । अब मिती र लोडसेडिङ नोटिफिकेशन एउटै विजेटमा देख्न सकिन्छ ।


Hamro Patro


माथि उल्लेख गरिएका सुविधाहरु हाम्रो पात्रको नयाँ एन्ड्रोइड एपमा उपलब्ध छन् । हाम्रो पात्रको नयाँ संस्करण  प्लेस्टोरबाट डाउनलोड वा अपडेट गर्नुहोस्  । 




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.