"सिथि नख: थ्वः थ्वः,
कुलं गु थन न्ह्यः न्ह्यः।
ना ल्हः थ्वन वं थं,
थन म्वं वः थिं थं।"
“सिथि नखः आयो आयो,
कुलाको पानी बग्यो बग्यो।
नगर सफा गरौं,
पानीका मुहान जोगाऔं।"
नेपाल प्राचिन कालदेखि नै चाडपर्वहरुमा धनी देश हो । विश्वमै जात्रा, संस्कृति अनि चाडपर्वको धनी देश नेपाल संस्कारमा अत्यन्त समृद्ध देशका रुपमा चिनिन्छ। विशेषगरी काठमाडौ आसपासमा वसोवास गर्ने नेवा: समुदाय प्राचिन कालदेखि नै आफ्नो संस्कृति अनि परम्पराका लागि प्रसिद्ध छन् र यिनै संस्कार र सभ्यताहरु मध्य आज एउटा महत्वपूर्ण संस्कृति लिएर प्रस्तुत छौं, सिथि चःह्रे ।
चःह्रे अर्थात चतुर्दशी
सिथि चःह्रे अर्थात चतुर्दशी जेष्ठ चर्तुदशी पर्दछ । यस दिन नेवा: समुदायले सिथि चःह्रेको पूजा अर्चना गर्ने चलन छ । नेपाल संवत अनुसार आजको मिति नेपाल संवत ११४५ बछलाथ्व महिनाको चर्तुदशीमा पर्दछ, चर्तुदशीलाई नै नेपालभाषामा चःह्रे भनिन्छ अनि आज सिथि चःह्रे हो । आजको दिन घरघरमा पूजा गर्ने चलन हुन्छ, यस दिन सिथि अर्थात शिवका छोरा कुमार कार्तिके को पुजा गर्ने गरिन्छ । कुमारलाई मात्र पुजा नगरी अन्य देवताहरुको पनि पुजा र अर्चना गरिन्छ ।
सिथि चःह्रे को घोतक
आजको दिन आँउदै गरेको सिथि चःह्रे को घोतक पनि हो भने क्रमश बैशाखबाट शुरु भएको नयाँ वर्ष, जात्रा, उत्साह, उत्सर्ग अनि चाडहरुको शृंखलालाई सिथि चःह्रे ले शंखनाद गरेको मान्न सकिन्छ ।
यस वर्ष नेपाल सवंत ११४५ को सिथि चःह्रेको शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: