हाम्रो पात्रो रेमिटबाट पहिलोपटक पैसा कसरी पठाउने ? | Hamro Patro

ब्लग - साहित्य / रेमिट ब्लग

हाम्रो पात्रो रेमिटबाट पहिलोपटक पैसा कसरी पठाउने ?





हाम्रो पात्रो रेमिट मार्फत छिटो र छरितो तरिकाले नेपालमा पैसा पठाउन सकिन्छ । हाम्रो पात्रो रेमिटले अन्य रेमिट्यान्सको तुलनामा हजुरहरूको पैसाको उच्चतम मूल्य दिन्छ, जसले गर्दा यसको लोकप्रियता बढ्दै गइरहेको छ । सुरक्षित, विश्वसनीय, छिटो र छरितो तरिकाले आफ्नै बैंक खातामा पैसा पाउन सकिने हाम्रो पात्रो रेमिटबाट अब छिट्टै अस्ट्रेलिया, जापान लगायतका देशहरूबाट पनि रेमिट्यान्स पठाउने व्यवस्थाको लागि कार्य भइरहेको छ ।

एपबाट पैसा पठाउने तरिकाः
१. हाम्रो पात्रो रेमिट प्रयोग गर्दा सर्वप्रथम हाम्रो पात्रो एपको गृहपृष्ठ (होमपेज) को हाम्रो सेवाहरूमा रेमिट आइकनमा क्लिक गर्नुहोस् ।

२. पहिलो पटक प्रयोग गर्दा Account Setup गर्नुपर्ने हुन्छ । एकपटक Setup गरेपछि प्रयोगकर्ताहरूले केहि क्लिकमै सजिलै पैसा ट्रान्सफर गर्न सक्नुहुनेछ । Account Setup गर्नका लागि “Sign In” मा क्लिक गरि Facebook, Gmail वा Twitter बाट सजिलै आफ्नो User बनाउन बनाउन सक्नुहुनेछ ।

३. User बनेपछि “Log In” गर्ने, नयाँ ड्यासबोर्डको पेज खुल्छ । त्यहाँ हजुरहरुले आफूलाई रजिष्टर गर्नुपर्छ, त्यसका लागि शुरूमै रहेको Register Yourself को छेउको “Let’s Go” मा थिच्नुहोस् ।

४. आफ्नो व्यक्तिगत विवरणहरू पूरा नामथर, इमेल, फोन नम्बर, ठेगानाको जानकारी राखीसकेपछि “Continue” गर्नुहोस् । You have been registered भनेर देखाउछ ।

५. फोन नम्बर राखेर Send गरिसकेपछि हजुरको मोबाइलमा One Time Password (OTP) आउछ र त्यो OTP राखिसकेपछि Verify मा किल्क गर्नुहोस् । Your phone has been verified. भनेर नोटिफिकेसन आउछ ।

६. अब Account Setup को लागि आफ्नो पूरा नाम थर, लिङ्ग, जन्म मिती, ठेगाना, इमेल तथा मोबाइल नम्बर राख्नुपर्ने हुन्छ । त्यसपछि User Agreement तथा Privacy Policy पढेर “I agree to Golden Money Transfer Inc. User Agreement and Privacy Policy” मा क्लिक गरि Submit गर्नुहोस् । Know Your Customer (KYC) प्रमाणिकरणको लागि केहि दिन लाग्न सक्छ र प्रमाणिकरण पछि Account verification successful भन्ने सन्देश आउछ । Account एक पटक Setup गरेपछि अर्को पटक गर्नुपर्दैन ।

७. अब पैसा पठाउनका लागि पैसा प्राप्त गर्ने व्यक्तिको विवरण जस्तै पूरा नाम थर, लिङ्ग, नाता, फोन नम्बर, ठेगाना र इमेल राखी “Continue” गर्नुहोस् । यसमा इमेल ठेगाना राख्न जरुरी भने हुँदैन । पैसा पाउने व्यक्तिको विवरण सही भए “Continue” गर्नुहोस् ।

८. आफूले पठाउने रकम राखी डेबिट कार्ड वा बैंक ट्रान्सफर मध्ये भुक्तानी विधि तय गरि “Save Changes” गरि Continue गर्नुहोस् ।

९. बैंकको नाम, खाताको प्रकार र खाता नम्बर राख्ने र खाता नम्बर पुष्टि गर्न फेरी खाता नम्बर राख्ने र Continue गर्नुहोस् ।

१०. पैसा पठाउने माध्यम बैंक वा कार्ड मध्ये एक रोज्ने । बैंक भए Username र Password राखेर लिङ्क गर्ने वा कार्डबाट भए कार्डको विवरणहरू राख्ने र Remarks राखी Continue गर्नुहोस् ।

११. सबै विवरण रुजु गरेर “I agree and acknowledge the above conditions” मा क्लिक गरी Make Transfer मा थिच्ने ।

बधाई छ, हजुरको टान्सफर सफल भयो । अब हजुरले आफ्नो ट्रान्सफर ट्र्याक गर्न सक्नुहुन्छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.