हाम्रो पात्रो रेमिटबाट पैसा किन पठाउने ? यी हुन् ५ फाइदाहरू | Hamro Patro

ब्लग - साहित्य / रेमिट ब्लग

हाम्रो पात्रो रेमिटबाट पैसा किन पठाउने ? यी हुन् ५ फाइदाहरू





अमेरिका बस्ने प्रयोगकर्ताहरूले सजिलै नेपाल पैसा पठाउन सक्ने डिजिटल रेमिट्यान्स सेवा “हाम्रो पात्रो रेमिट”ले आफ्नो शुरुवातको वर्षमा नै १ अर्ब ५० करोड रुपैया नेपाल भित्र्याएको छ । छोटो समयमा नै अमेरिका बस्ने प्रयोगकर्ताहरूको पहिलो रोजाई बन्न सफल भएको हाम्रो पात्रो रेमिटबाट पैसा पठाउने ५ प्रमुख कारणहरू भने यसप्रकार छन्ः

१.उच्च विनियम दर
अन्य रेमिट्यान्सको तुलनामा हाम्रो पात्रो रेमिटबाट उच्च विनियम दर (High Exchange Rate) मा पैसा पठाउन सकिन्छ । विदेशबाट मेहनतको कमाईको पठाउँदा आफन्तले धेरैभन्दा धेरै मूल्य प्राप्त गर्ने हुँदापनि हाम्रो पात्रो रेमिट प्रयोगकर्ताहरूको पहिलो रोजाई बन्न सफल भएको हो।

२. छिटो र सजिलो
हाम्रो पात्रो रेमिटबाट पहिलो पटक पैसा पठाउँदा तपाईंले आफ्नो एकाउन्ट सेटअप गर्न थोरै समय खर्चनु पर्ला तर एकपटक तपाईंको एकाउन्ट भेरिफाइ भएपछि केहि क्लिकमै तपाईंले नेपाल पैसा पठाउन सक्नुहुनेछ । त्यसबाहेक, हजुरहरूले पठाउनुभएको रकम एक दिन भित्रै आफ्नो आफन्तहरूको बैंक खातामा जम्मा हुन्छ ।

३. न्यून ट्रान्सफर शुल्क
हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउँदा धेरै कम ट्रान्सफर शुल्क लाग्ने गर्छ । सबैभन्दा सस्तो र सहज डिजिटल रेमिट सेवा प्रदान गर्न हाम्रो पात्रो रेमिट प्रतिबद्ध छ । पूणर्तया डिजिटल प्लाटफर्ममा काम हुने हुँदा हाम्रो पात्रो रेमिटको सञ्चालन लागत कम छ र हामीले त्यही बचतहरू हजुरलाई पठाउँछौं ताकि हजुरहरूले कम शुल्क र उच्च विनिमय दरहरूको आनन्द लिन सक्नुहोस् ।

४. सुरक्षित र भरपर्दो
एक दशकभन्दा लामो समयदेखि नेपालीहरू माझ आफ्नो पहिचान बनाउदै आइरहेको हाम्रो पात्रोले रेमिट मार्फत हजुरहरूलाई उत्कृष्ट सेवा दिने लक्ष्य राखेको छ । रेमिट्यान्सको पैसा सिधै बैंक खाताहरूमा पठाउने भएकोले हजुरहरूको रकम सुरक्षित र भरपर्दो हुन्छ ।

५. नगदरहित र सुविधाजनक
हाम्रो पात्रो रेमिटबाट आफ्नो रकम सिधै प्रापकको बैंक खातामा जम्मा गर्न सकिन्छ । हजुरहरूको आफन्त तथा साथीभाइहरू रकम जम्मा गर्न वा लिनको लागि कुनै एजेन्टको आवश्यकता पर्दैन, प्रापकको सुविधानुसारको बैंक खातामा सिधै जम्मा हुने र ट्रान्सफर पूरा भएपछि एसएमएस सूचना प्राप्त हुने हुँदा हाम्रो पात्रो रेमिटको प्रक्रिया झन्झट मुक्त र सुविधाजनक बनेको छ ।

यदि तपाईंहरूपनि अमेरिकाबाट नेपाल पैसा पठाउन चाहनुहुन्छ भने सजिलै हाम्रो पात्रो रेमिटबाट पैसा पठाउनुहोस् र यी सुविधाको लाभ उठाउनुहोस् । अब छिट्टै अष्ट्रेलिया बस्ने नेपालीहरूले पनि हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सक्नुहुनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.