Sabaitira Biswas Jitdai Chha Hamro Patro Remit | Hamro Patro

ब्लग - साहित्य / रेमिट ब्लग

सबैतिर विश्वास जित्दै छ हाम्रो पात्रो रेमिट !





समय समयमा नयाँ विशेषताहरू एकै एपमा समावेश गर्दै आएको लोकप्रिय एप हाम्रो पात्रोले “हाम्रो पात्रो रेमिट” लिएर आएको धेरै समय भएको छैन । अमेरिकाबाट शुरुवात गरिएको यो सेवाले प्रयोगकर्ताहरूबाट थोरै समयमा पाएको सहभागिता उत्साहजनक छ । एक दशक भन्दा लामो समयदेखि हाम्रो पात्रोले नेपाली मनहरूमा बनाएको स्थान कै कारण हाम्रो पात्रो रेमिटले छोटो समयमै लोकप्रियता पाएको हो । अहिले अमेरिकाबाट मात्र पैसा पठाउन मिल्ने हाम्रो पात्रो रेमिटको चर्चामा आउनुको मुख्य कारण भने त्यो मात्र अवश्य हैन ।

अन्य रेमिटको तुलनामा आफ्नो मेहेनतको कमाई धेरै रेटमा नेपाल पठाउन मिल्ने हुनाले पनि यो सबैमाझ लोकप्रिय भएको हो । त्यसबाहेक, एक पटक एकाउन्ट सेट अप गरेपछि या एकपटक टियर अपग्रेड गरेपछि प्रयोगकर्ताहरूले केहि किल्कमै सजिलै पैसा ट्रान्सफर गर्न सक्नुहुनेछ । यसले अमेरिकामा बसेर व्यस्त जीवनशैली अपनाईरहनु भएका नेपालीहरूको समय बचत गर्न पनि ठूलो भूमिका निर्वाह गरिरहेको छ ।

विस्तारै अन्य देशहरुबाट पनि सेवा शुरु गर्न लागेको हाम्रो पात्रो रेमिट एकपटक प्रयोग गरिसकेका प्रयोगकर्ताहरूको पहिलो रोजाई बनिरहेको छ । पैसाको कारोबारमा जुन विश्वासको आवश्यता पर्दछ, अहिले हाम्रो पात्रो रेमिटले सबैतिर त्यहिँ विश्वास जितीरहेको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.