Nepal Telecom Various Offer | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा नेपाल टेलिकमको विभिन्न अफरहरु





नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा विभिन्न अफरहरु उपलब्ध गराएको छ । यी अफरहरु मिति २०७७ साउन १ गतेदेखि नै लागु भएका छन् ।

एफटीटीएच
फाइबर टु द होम अर्थात एफटीटीएचलाई डाटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाइएको छ ।

क) डाटा प्याक
यस अन्तर्गत २० र ५० एमबीपीएसका एक महिना, तीन महिना र १२ महिनाका लागि विभिन्न दरका प्याकहरु उपलब्ध गराइएका छन् : 
*   २० एमबीपीएसको एक महिनाको प्याक रु. १२००, तीन महिनाको रु. ३६०० र १२ महिनाको रु. १४,४०० मा उपलब्ध हुनेछ ।
*   ५० एमबीपीएसको एक महिनाको प्याक रु. १८००, तीन महिनाको रु. ५४०० र १२ महिनाको रु. २१,६०० मा उपलब्ध हुनेछ ।

ख) कम्बो प्याक
यस अन्तर्गत १५, २५ र ६० एमबीपीएसको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध गराइएका छन् ।
*    १५ एमबीपीएसको एक महिनाको प्याक रु. १०००, तीन महिनाको रु. ३,००० र १२ महिनाको रु. १२,००० मा उपलब्ध हुनेछ ।
*   २५ एमबीपीएसको एक महिनाको प्याक रु. १५००, तीन महिनाको रु. ४,५०० र १२ महिनाको रु. १८,००० मा उपलब्ध हुनेछ ।
*    यसैगरी ६० एमबीपीएसको एक महिनाको प्याक रु. २०००, तीन महिनाको रु. ६,००० र १२ महिनाको रु. २४,००० मा उपलब्ध हुनेछ ।

प्रत्येक कम्बो प्याक अन्तर्गत एक महिनाको प्याकमा २५० मिनेट, तीन महिनाको प्याकमा ७५० मिनेट र १२ महिनाको प्याकमा ३,००० मिनेट भ्वाइस सेवा समावेश गरिएको छ । यसैगरी १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना गरी १४ महिनासम्म प्रयोग गर्न सकिने समयावधि कायम गरिएको छ ।

पोस्टपेड मोबाइल
*   नेपाल सरकारको निर्णयानुसार यही २०७७ साउन १ देखि लागु हुनेगरी स्वामित्व शुल्कमा परिमार्जन गरिएकोले हाल पोस्टपेड मोबाइलमा पहिलो पटक सिम खरिद गर्दा लागु भइरहेको रु. ५०० स्वामित्व शुल्क अब उप्रान्त नलाग्ने भएको छ । प्रत्येक नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिद तथा शुल्क भुक्तानीमा २ प्रतिशत स्वामित्व शुल्क लागु हुनेछ । सो अनुसार हाल नयाँ सिमकार्ड लिनका लागि रु. ९४५ लाग्ने गरेकोमा अब रु. ५०० मा नयाँ पोस्टपेड सिमकार्ड खरिद गर्न सकिने छ ।
*   रु. ५०० मा खरिद गरिने पोस्टपेड मोबाइलमा रु. ४६० क्रेडिट लिमिट रहने छ ।
*   पोस्टपेड मोबाइलमा जुनसकै माध्यम (रिचार्ज कार्ड, एमपोस, बैंक, कम्पनीको काउन्टर, स्मार्ट कार्ड आदि) बाट भुक्तानी गर्दा २ प्रतिशत स्वामित्व शुल्क लागु हुनेछ ।
*   पोस्टपेड मोबाइलमार्फत प्रदान गरिने विभिन्न सुविधाहरुलाई अझै ग्राहकमैत्री बनाउनका लागि एक महिना समयावधि भएका विभिन्न नयाँ प्याकहरु बनाइएका छन् । यस अन्तर्गत बेसिक प्याक रु. ३८४, प्रिमियम प्याक रु. ७४९, गोल्ड प्याक रु. ९९९, डायमन्ड प्याक रु. १४९९ र प्लाटिनम प्याक रु. २४९९ मा खरिद गर्न सकिन्छ ।

यी प्याकहरु ‘नेपाल टेलिकम एपु प्रयोग गरेर तथा *१४१५# डायल गरेर पनि प्राप्त गर्न सकिन्छन् । पहिलोपटक कम्पनीको एप प्रयोग गर्दा १०० एमबी डाटा निःशुल्कः उपलब्ध हुनेछ । त्यसैगरी कम्पनीको वेबसाइट  www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

नोट : माथि उल्लेख गरिएका सबै दरहरु करसहितका हुन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.