पढाइलेखाइको लागि हामि सबैले लामो उमेर खर्चने गरेका छौ, ज्ञान बटुल्ने क्रममा हामीले बिभिन्न विधा, बिषय छान्ने गर्दछौ र बिभिन्न शिक्षण संस्थाहरु पनि धाउदछौ । तर बिषय र संस्था परिवर्तन गर्ने बेला हामी मध्य धेरैलाई निक्कै अन्योल भएको महसुस त सबैले गरेकै हौला ।
भर्खर एस एल सी सकाएका बिद्यार्थीहरु फरक फरक कलेजमा आवेदन फारम भर्न जुत्ता खियाइरहेका अवस्था होस् अथवा अभिभावकलार्इ आफ्नो बच्चाको लागि उत्कृष्ट स्कुलको खोजीमा पर्ने अप्ठेराहरु, प्रविधिले फड्को मारेको अहिलेको बेलामा के यसरि शिक्षण संस्थाको दैलो दैलो पुगेर के यँहाहरुको अन्योल मेटिन सक्छ त ?
यी सबै कुराहरुलाई ध्यानमा राखेर निर्माण गरिएको वेबसाइट हो “के पढ्ने डट कम” । “तपाइहरुले इच्छ्याएको बिषय कहाँ कहाँ पढाइन्छ या तपाइहरुलाई आफुले के बिषय छानेर पढ्ने” यस किसिमको दुबिधा भएमा www.kpadhne.com ले धेरै हदसम्म तपाइहरुलाई सहजता दिलाउनेछ ।
अब स्कुल, कलेज, मन्टेस्वरी, ट्रेनिङ इन्स्टिच्युट र होस्टल खोज्न जुत्ता खियाउन पर्नेछैन ।
Liked by: