तपाईको दुई पाङ्ग्रेको साथी 'ThirdWheel' | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

तपाईको दुई पाङ्ग्रेको साथी 'ThirdWheel'





ब्यस्त जीवनमा अहिले हामि धेरैले आफ्नो लागि पनि समय छुट्याउन सकिरहेका छैनौ। हामि सबै आफ्नो आफ्नो प्रतिष्पर्धी शहरमा आफुलाई स्थापित गर्न खोज्दैछौ, समय हाम्रो लागि महत्वपूर्ण छ। पाएको समयमा झन् धेरै भन्दा धेरै काम गरेर समयलाई प्रभावकारी काममा खर्च गर्न हामिलाई मन हुन्छ। यसैकारण आफुले दैनिक रुपमा तय गर्ने यात्रको सहजताको लागि हामि मध्य धेरैले आफ्नो साधनको रुपमा दुइ पाङ्ग्रे सवारी लिएका छौ। हाम्रो दुइ पाङ्ग्रे सवारीले हाम्रो समय बचाउछ, हामिलाई गन्तब्यमा छिट्टो पुर्याउछ र हाम्रो कार्यलाई सरल र प्रभावकारी ढंगले सकाउन हामीलाई मदद गर्छ। तर, दुर्भाग्यबस हाम्रो दैनिक कार्यमा गति दिने दुइ पाङ्ग्रेमा पनि समस्या आउछ र कहिले बीच बाटोमा या भनौ अप्ठ्यारो अवस्थामा यसले हाम्रो साथ छाड्छ। मानिसको जीवनमा आउने अरु समस्याहरु जस्तै यो समस्या पनि कुनै सङ्केत दिएर नआएको हुनसक्छ र यसको समाधान गर्न तपाइहरुले आफ्नो अमुल्य समयको केहि बेर नछुट्याएको हुनसक्छ। यस्तो बेला तपाइको समस्याको समाधान बनेर तपाइको साहयताको लागि तपाइले अहिले सम्म नसोचेको तपाइको "तेश्रो पाङ्ग्रा" अर्थात "Third Wheel" तैयार छ।

"Third Wheel" हामीले आफ्नो स्मार्ट फोनमा प्रयोग गर्ने बाकि अरु थुप्रै एपहरु जस्तै एउटा एप हो, जसलाई हामीले आफ्नो प्ले स्टोर या एप स्टोरमा गएर सहजै डाउनलोड गरेर प्रयोग गर्न सक्छौ। थर्ड व्हिल तपाइको लागि यी चार अवस्थामा उपयोगी हुनसक्छ।
- तपाई आफ्नो गन्तब्यमा जाँदा मोटरसाइकल बाटोमै बिग्रियो र डोहोर्‍याउँदै बनाउने ठाँउसम्म लिएर जानुपर्ने अवस्था आएमा
- तपाई आफ्नो मोटरसाइकलको गुणस्तरीय मर्मत गर्न परेमा।
- तपाईसँग मोटरसाइकल बनाउने समय नभएमा या यो मर्मतको झन्झटबाट टाढै बस्न परेमा।
- तपाइको ब्लुबुक या अन्य कागजातहरुको नवीकरण गर्न परेमा

मध्यमबर्गिय आर्थिक स्तर भएका अधिकांश नेपालीहरु दुई पाँग्रे सवारीसाधनमा निर्भर रहका छौं, यसको मर्मत, संभार लगायत आकस्मीक समय अनि डोहोर्याएर बनाउने ठाँउसम्म लिएर जाँदा हाम्रो धेरै समय अनि मेहनत खर्च हुने गर्दछ,’ थर्ड ह्विल नेपालका अरूण कुमार राउतले भने,‘यस्तो अवस्थामा थर्ड ह्वील अर्थात तेश्रो चक्का, दुई पांग्रे सवारीसाधन धनी नेपालीहरुका लागि यस एप्स एउटा बरदान सावीत हुनेछ। कम समयमा स्तरीय सेवा र सुविधाका लागि यो एप्स उपयोगी हुने राउतले दाबी गरे। ‘हामी बुझ्छौं कि हाम्रो समय मुल्यवान छ र सवारी साधनको मर्मत संभार लगायतका अनुत्पादक कुराहरुमा अब यहाँहरुले समय खर्च गरिरहनु पर्दैन् । यस मोबाइल एप्स बाट हामी हाम्रा प्रयोगकर्ताहरु लाई बास्तवमै तेश्रो चक्का को सहारा दिन्छौं,’ उनले भने।

सर्भिसिङ या अन्य केही बाइकको मर्मत चाहिएमा घर या कार्यलयबाटै बाइक मर्मतका तेस्रो पाङ्ग्रामार्फत लागि पठाउन सक्नेछन्। समयमै गुणस्तरीय सेवालाई प्रमुख आधार बनाएर निर्माण गरिएको एप्सले दैनिक जीवनमा सहज र परिवर्तन ल्याउने दाबी कम्पनीको छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.