सिटिएफ नेपाल द्वारा आयोजना गर्न लागेको “सिटिएफ फ्रेसर फेसन नाईट” फेसन सोको भोलि असोज २० गते शनिबार सिटिएफ नेपालको कार्यालय बागबजारमा बिहान ६ बजे देखि अडिशन हुने भएको छ l सहभागीहरुको सुन्दरता र आत्मविश्वासको आधारमा उनीहरुलाई छानिनेछ l
दशैँ र तिहार बीच कार्तिक १६ गते रक टनेल रेष्टुरेन्ट तिनकुनेमा हुन गईरहेको फेसन सो मा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा मोडलहरुलाई र्याम्पमा उतार्न लागिएको छ l यस फेशन शोमा सांगीतिक कार्यक्रमको साथमा डिजे पार्टी समेत हुने भएको छ l
भोलिको अडिसन पछि छानिएका प्रतियोगीहरुको व्यक्तित्व विकासको लागि आयोजकले निशुल्क प्रशिक्षण समेत गराउने समेत गराउने जानकारी आयोजक टिमको निकिता बुढाले हाम्रो पात्रोलाई दिइन। यहि बीचमा प्रतियोगीहरुले फोटो सुट लगायत चलचित्र,म्युजिक भिडियोहरुमा समेत अभिनय गर्ने मौका पाउने भएका छन l
एलिशा अग्रवालको संयोजन र नबिन न्यौपानेको कोरियोग्राफीमा गर्न लागेको उक्त फेशन शोमा १६ बर्ष देखी २२ बर्ष सम्मका इच्छुक युवा युवतीहरुले सहभागी जनाउन सक्नेछन् भने अडिसनबाट छानीएका मोडलहरुले राम्रो मिडिया एक्स्पोज पाउने पनि निकिताले बताइन।
Liked by: