ब्राइट नेपालले आयोजना गरेको मिस चितवन 2017' को करीब डेढ महिना लामो यात्रालार्इ टुंग्याउँदै प्रतियोगी नं. ६ रहेकी सुमन गुरुङले विजेता ताज चुम्न सफल भएकी छिन् । त्यसैगरी प्रतियोगी नं २ मनिषा भट्टराई तथा प्रथम रनर अप प्रतियोगी नं २८ स्वेक्ष्या शर्मा दोश्रो रनरअप बन्न सफल भएकी छिन । होटेल सेन्ट्रल पाममा आज भएको निर्णायक समारोहमा मिस चितवन 2017 को मुख्य ताज सहित अन्य बिजेताहरुको घोषणा गरियो ।
अडिसनबाट छानिएका २८ प्रतियोगीहरुलाई व्यक्तित्व विकास ,आत्मविश्वास अभिवृद्धि र अरु थुप्रै कुराहरुको तालिम प्रदान गरेर यहि अवधिमा प्रतियोगीहरूको सुन्दरता, व्यक्तित्व र क्षमता केन्द्रित रहि निरीक्षण गरिएका आधारमा थुप्रै विधामा समेत अवार्ड प्रदान गरिसकिएको छ । बिजेता सुमन गुरुङले नयाँ संस्करणको मिस नेपाल प्रतिस्पर्धामा सीधै वाइल्ड कार्ड इन्ट्रीको सुनौलो अवसर पाउने छिन् भने एउटा फेसिनो स्कुटर, नगद पुरस्कार तथा पावर हाउस जिमको तर्फबाट निःशुल्क सेवा समेत पाएकिछिन्।
अवार्ड प्राप्त गर्ने प्रतियोगिहरुको नाम निम्न अनुसारको छः
१.बेष्ट पर्फमेन्स अवार्डः मनिषा अधिकारी
२.बेष्ट स्किन अवार्डः मनिषा भट्टराई
३.बेष्ट फिगर अवार्डः निशा चौधरी
४.पोपुल चोईस अवार्डः नमुना कार्की
५.बेष्ट ड्रेस अवार्डः बिनिता लुईटेल
६.मिस कोजेन्ट अवार्डः रजिना बिसुराल
७.बेष्ट स्माईलः सुजिता न्यौपाने
८.बेष्ट वाक अवार्डः इरुविन केसी
९.मिस ट्यालेन्ट अवार्डः सोनम तामाङ
१०.बेष्ट फ्रेन्डसिप अवार्डः सम्पदा पिया
११.मिस फोटोजेनिक अवार्डः इरुविन केसी
१२.मिस पर्सनालिटि अवार्डः सुमन गुरुङ
१३.मिस मल्टिमिडिया अवार्डः निशु श्रेष्ठ
१४.मिस बेष्ट हेयर अवार्डः मनिषा अधिकारी
हाम्रो पात्रो मिस चितवनको यो यात्रा मा प्रारम्भदेखि साथ रह्यो ।
तालिम को अवधि मा निक्कै मिल्ने साथि बनेका २८ प्रतियोगी हरुनै एक अर्का को जीत मा उत्साहित देखिए ।
एप्स पार्टनरको रूपमा रहेको हाम्रो पात्रो सबै २८ प्रतियोगीहरुको उज्ज्वल भविष्यको कामना गर्दै ब्राइट नेपालको यो सम्माननीय प्रयास को कदर गर्दछ ।
Liked by: