शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई पछी पार्दै मोरंङकी २० बर्षीय निकिता चन्दकले २२औं मिस नेपालको ताज पहिरेकी छिन् । त्यसैगरी , प्रतियोगिताको फस्ट रनर अपको उपाधि भने रोजिना श्रेष्ठ र सेकेन्ड अनर अपको उपाधि निति शाहले जितेकी छिन् । दी हिडेन ट्रेजरको आयोजनामा सम्पन्न भएको आजको प्रतियोगितामा प्रतियोगीहरुलाई थुप्रै विधामा अवार्ड समेत प्रदान गरिएको थियो । अरु विधाहरु भने
मिस एथलेट - मञ्जरी सिंह
मिस बेस्ट कप्लेक्सन - नीति शाह
मिस ब्यूटी विथ पर्पस - दृष्टि कट्टवाल
मिस नेपाल एसिया प्यासिफिक इन्टरनेशनल - साहारा बस्नेत
मिस कन्फिडेन्ट र पुपुलर चोइस अवार्ड - निकिता चन्दक
आजको फाइनल तीन चरणमा भएको थियो । १९ जना प्रतियोगीमध्य पहिलो चरण पछी १४ जना चुनिएका थिए भने दोस्रो चरण पछी प्रतियोगीहरु मध्यको उत्कृष्ट ७ लार्इ मात्र अन्तिम चरणमा लागिएको थियो ।
हाम्रो पात्रो सम्पूर्ण प्रतियोगीहरुको उज्ज्वल भविष्यको कामना गर्दै बिजेताहरुलाई हार्दिक बधाई ब्यक्त गर्दछ ।
Liked by: