न्यूयोर्क, २० जेष्ठ । मीस नेपाल नर्थ अमेरिका MNNAले मिस नेपाल सन् २०१० सदिक्ष्या श्रेष्ठलाई आधिकारिक कोरियोग्राफरका रुपमा नियूक्त गरेको छ । यसका साथै मिस टुरिज्म ईन्टरकन्टिनेन्टल, मिस वुमन न्यूयोर्क २०१७ र मिस टुरिज्म यूएसए की बिजेता सुश्रि फतिना कसिमलाई यस मिस नेपाल उत्तर अमेरिकाको आधिकारिक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
न्यूयोर्कको क्वीन्समा रहेको मेलरोज बलरुम्सलाई कार्यक्रमको ग्राण्ड फिनालेको लागि स्थान छनौट गरेको एवं यस फिनाले पश्चातको भीआईपी आफ्टरपार्टी भने २०१८ अगस्त ११ तारिखका लागि तय गरेको छ । यस क्षेत्रकै अति प्रतिष्ठित ठाँउ मेलरोज बलरुम्समा यस अघि विश्वप्रसिद्ध कलाकारहरु रिहाना, शान मेण्डेस्, स्टीभन टायलर, एपके ट्विग्स लगायत राष्ट्रिय कलाकारहरु बिपुल क्षेत्री, मुक्ति एण्ड रिभायबल, नेपाल आयडल्स्, द ओरिजनल ड्ओ, द एज व्याण्ड, नरेन लिम्बु र कबवेब समेतले प्रदर्शन गरिसकेका छन् ।
सदिक्षा श्रेष्ठले सन् २०१० मा मिस वर्ल्ड प्रतियोगीतामा नेपालका तर्फबाट सहभागीता जनाउनुभएको थियो र वहाँलाई सुन्दरता अनि बिद्वताको दृष्टान्तका रुपमा लिइन्छ जसलाई सन् २०१७ मा नेपाल विद्याभूषण पदक पनि प्रदान गरिएको छ ।
सदिक्षा श्रेष्ठ एमबीएबाट स्वर्णपदक बिजेता हुनुहुन्छ वहाँ सन् २०११ मा नेपाल पर्यटन वर्षको प्रवर्धन दुत पनि रहिसक्नुभएको छ । आफ्नो मिस नेपाल कार्यकाल सन् २०१० मा डब्लुडब्लुएफकालागि यूवा सम्वर्धन दुत पनि भइसक्नु भएको छ । मिस पर्सनालिटी, मिस बेस्ट वक र मिस फोटोजेनिकको ताज पनि वहाँले मिस नेपाल प्रतियोगिताको दौरान जित्नुभएको थियो । त्यसै गरि भ्वाइस अफ वुमन भाओ पत्रिकाले वहाँलाई उत्कृष्ण १० कलेज महिलाका रुपमा सम्मान गरेको थियो ।
त्यसैगरि हस्पिट्यालीटी क्षेत्रमा विगतका २ दशकबाट कार्यरत फतिमा कसिमले कार्यगत जीवनमा बिभिन्न पदहरुसंगै प्रमुख कार्यकारी निर्देशकसम्मको अनुभव प्राप्त गर्नुभएको छ । न्यूयोर्कमा व्यवसाह प्रर्वधन गर्न अनि आय र वित्तका बारेमा अध्ययन अध्यापन गराउन प्रभावकारी अध्ययन संस्था एनवाईआईटी स्कूल अफ हस्पिट्यालीटीकी प्राध्यापक फतिमा कसिमलाई सन् २०१७ र २०१८ मा हस्पिट्यालीटी वुमन उपाधी दिइएको थियो । यसका अलावा वहाँ अन्तराष्ट्रिय वुमन अफ द मन्थ, अन्तराष्ट्रिय वुमन मोडल अफ द ईयर, मोडल अफ द मन्थ २०१७ बाई ब्यूटी एण्ड आर्टस लगायत बिभिन्न न्यूयोर्क भित्रका फ्याशन विककी प्रमुख अतिथी पनि भइसक्नुभएको छ ।
फतिमा कसिमले गायनामा भएको मिस यूनिभर्स प्रिलिमिनरीकी निर्णायक, केन्समा भएको चलचित्र महोत्सवमा वातावरण र सामाजिक जनचेतना बिषयक चलचित्र विधामा निर्णायकको भूमिका, न्यूयोर्क हाटल एसोसियसनकी चेयरवुमन लगायत पीपल, प्रफिट एण्ड प्लानेट सम्बन्धमा आफ्नो विशेष दक्षता राख्नुहुन्छ । यसका साथै न्यूयोर्कका मेयर कार्यालयमा दीर्घकालिन भविष्य सम्बन्धमा सहयोग र सुझाव दिँदै आउनुभएको छ । वहाँलाई मिस नेपाल उत्तर अमेरिकामा स्वागत गर्न पाँउदा हामी अत्यन्तै खुशी छौं, अायोजकका तर्फबाट निराकर उप्रेतिले बताउनुभयो । वहाँले अगाडि थप्नुभयो, 'यस ऐतिहासिक सुन्दरता प्रतियोगितामा यहाँहरुले आफ्नो सहभागिता जनाउनुहुनेछ भन्ने आशा गरेका छौं ।'
आवेदनका लागि www.missnepalna.com मा जान सक्नुहुनेछ ।
Liked by: