सीता आस्था ढुंगेल · Apr ८, २०२४लधुकथा : प्रेम
ऊ हस्पिटलको बेडबाट भन्दै थियो । ‘अब निको भएर बिहे गर्ने ।’ प्रेम पनि थियो सोनीका सँग । ऊ आफूलाई थाह थियो मलाई क्यान्सर लागेकोछ ।

सीता आस्था ढुंगेल · Apr ८, २०२४ऊ हस्पिटलको बेडबाट भन्दै थियो । ‘अब निको भएर बिहे गर्ने ।’ प्रेम पनि थियो सोनीका सँग । ऊ आफूलाई थाह थियो मलाई क्यान्सर लागेकोछ ।

सन्देश पाण्डेय · Feb २०, २०२०"मलाई माया गर्ने कोही छ?" यो वाक्य निदारमै लेखेर हिँडम् जस्तो लाग्छ । कहिले काहीँ यस्तो लाग्छ सबै कुरा मेरो प्रतिकुल बनेका छन्। गोलपार्क नजिकैको त्यो बूढो बहुमुखी क्याम्पस मलाई एकटक हेर्छ। खै? के सम्झेजस्तो गर्छ,अनि किराले खाएर बिग्रिएका केही अवशेष दाँत देखाएर ङिच्च हाँस्छ। उसको बहुमुखले मलाई हेरिरहन्छ, म अगाडि बढ्छु।बिग्रिएको बाटोको बीचमा भएको खाल्टोमा मेरो खुट्टा अल्झिन्छ। मेरो टाउको शरीरभन्दा अल्लि अगाडि हुत्तिएला जस्तो हुन्छ। चस्मा नाकको तल आइपुग्छ। म धन्नै धन्नै लड्नै लागेको हुन्छु। "बिग्रिएका तेरा आखाले अल्लि हेरेर हिड्ने गर् म धन्नैले फुटेको थिए।" मलाई मेरै चस्माले यत्तिकैमा गालि गर्छ।

लेखकद्वय क्याटी केय तथा क्लेयर सिपम्यानद्वारा लिखित “द कन्फिडेन्स कोड” नामक किताबमा मानिसहरुले आत्मविश्वास कसरी बढाउन सक्छन् भनेर गरेको खोजीको व्याख्या गरिएको छ । उनीहरुको अनुसन्धानअुनसार आत्मविश्वास इच्छिक हुने गरेको वा हाम्रो इच्छामा भर पर्ने देखियो ।

मन्दिप गाैतम · Apr ६, २०१८यो नँया बर्ष एउटा नँया किसिमको ब्यापारले तपाईहरुको ढोका ढकढक्याउनेछ । दुर्इ बेरोजगार युवाहरुले केहि भिन्न गर्ने सोचमा सुरु गरेको Happy Ending Pvt. Ltd. "सास गएपछिको आस"ले कसैको मृत्यु भएपछी उनीहरुको अन्तिम यात्रालार्इ स-सम्मान विधिपूर्वक सम्पन्न गरिदिने गर्दछ । तर यस किसिमको ब्यापारको स्वाद नचाखेको हाम्रो समाजले यसलाई कसरि लिन्छ ...के यी दुर्इ युवा सफल हुन्छन् ...

सफल लेखक हुनुको घाटा के हो भने ती लेखकहरुको हरेक किताबलाई माथिल्लो दर्जामा राखेर मूल्यांकन गरिन्छ । त्यो स्तरसंग मेल खान नसकेमा आलोचकहरुको लागि लेखक असफल हुनु हो वा सफल मानिएको लेखक आफ्नो काममा चुक्नु हो । यस्तै सफल लेखक हुन् ओर्हान पामुक ।

मन्दिप गाैतम · Mar १६, २०१८भीरबाट लडेको कोही एउटालार्इ एकझुप्पा घाँस पनि जीवन मरणकोबिचको सहारा बन्न सक्छ । 'खेल्ने मूर्ख हेर्ने महामूर्ख'को ख्याति कमाएको क्रिकेट खेलका अनेक रणनीतिबिच कसरी नितेशले अाफ्नो जीवनको दोश्रो अध्याय शुरूवात गर्छन् ?

मन्दिप गाैतम · Feb २२, २०१८भीरबाट लडेको कोही एउटालार्इ एकझुप्पा घाँस पनि जीवन मरणकोबिचको सहारा बन्न सक्छ । 'खेल्ने मूर्ख हेर्ने महामूर्ख'को ख्याति कमाएको क्रिकेट खेलका अनेक रणनीतिबिच कसरी नितेशले अाफ्नो जीवनको दोश्रो अध्याय शुरूवात गर्छन् ?

इन्दिरा प्रसाई · Feb १९, २०१८आर.बी., म एक महिनाको छुट्टी जाँदै छु, साहेबले बल्लतल्ल मान्यो । पाँच वर्ष जाँदै छु । तिम्रो चिठीपत्र भए पठाऊ, लगिदिन्छु तर मालसामानचै लादिन है ! अहिले भन्दिया छु । अस्तिको पल्ट तिमीहरूको सामान बोक्ने भएर उता एयरपोर्टमा लगेज भारी भएर उल्टै दण्ड पर्यो । यसपालि कसैको पनि कुनै सामानचैं नलाने । साथीभाइको चिठीपत्र भने लगिदिन्छु कि कसो !

Suyog Dhakal · Dec १२, २०१७पुस्तक चीनका बारेमा थोरे मात्र लेखिएको भएपनि परिवृत अनि घेराभित्र जापान लगायत अन्य एसियाली देशहरु समावेश भएक छन् । माओ स्वयम अमेरिका भ्रमणमा गएर ह्वाइट हाउसमा चीन र अमेरिकाको साझा धारणा बिकास गर्न गरेको पहललाई इतिहासले भूलेको सस्मरण पनि यस पुस्तकमा छ ।

पुष्प अार.जे · Sep १४, २०१७ताप्लेजुङको ग्रामीण ईलाका फुलुङ्ग। फरक व्यक्तित्व भएर पनि यी दुई छिमेकीको बाल्यकाल यहीँ बित्यो । सानोतिनो झगडा बाहेक कहिले पनि मनमुटाव भएन। मेलापात घाँस दाउरा र चाड पर्वमा सधैं संगै बिताए तेन्जिङ शेर्पा र शिशिर थापाले। जहाँ जालझेल भन्दा पर अाफ्नै पौरखमा जीवनका धेरै वसन्त पार गरे । थोरै माथि कान्लामा तेन्जिङको घर छ भने कान्ला मुनि शिशिर थापको।

लोकेश ढकाल · Aug २८, २०१७सायद तिम्रो मायामा म नजानिदै फस्दैछु र मलाइ साहरा दिइ बचाउने पनि मात्र तिमी छौ यो संसारमा।के मेरो समिपमा आएर मेरो माया स्वीकाछौ भन्ने आसा लिएको छु सानू, भन्छन् माया बस्न एक नजर नै काफी छ यर म त्यसको प्रतिकार गर्थे वाहियाह ठान्थे।सोच्थे,यो त सब भन्ने कुरनै हो।

आफु बैदेशिक रोजगारका लागी अरबको मरभुमीमा पसिना बगाइरहदा आफ्नो श्रीमतिले अर्कै युवकसँग गाँउमा भागेर बिहा गरेपछि, पात्र धेरै बर्ष लाजले घर फर्कन सक्दैन । निक्कै बर्ष पछी घर फर्केर पात्रले आफ्नो पुर्वपत्नीसँग फेरी भेटघाट सुरु गर्छ । तर त्यो भेटघाटको निस्कर्ष के ?

मनोज कुमार श्रेष्ठ · Aug २१, २०१७" यति बिहानै नया नम्बरबाट कसको कल हुन सक्छ ?" मनमनै कुरा खेल्न थाल्यो । मुखभरि टुथपेस्टको फिज थियो । यतिकैमा कल रिसिभ गर्दै बोलें, " हेलो" कलरको आवाज आयो , " हेलो, म तिम्लाई भेट्न चाहन्छु, दिउसो आउन सक्छौ ?"

मन्दिरा मधुश्री · Jul २६, २०१७सौराहा चोक टाँडीबाट एकहुल पर्यटक लगेर सौराहा बजारमा ओह्रालेपछि टाँगाबाट करिस्मालाई खोलेर चर्न छोडिदिएको थियो उसले राप्ती नदीको किनारमा । अलिक पर हरियाको ‘सलमान’ पनि चरिरहेको थियो ।

बहु प्रतिभाशाली सुरेन्द्र महर्जन “अमर”को सफल उपन्यास “अनुष्का”को पहिलो भाग हामीले यँहाहरुमाझ यस अघिको सातामा प्रस्तुत गर्यौ । आज हाम्रो अडियो सामाग्रीमा यँहाहरुले “अनुष्का” को दोस्रो र अन्तिम भाग सुन्न सक्नुहुनेछ ।

भनिन्छ नि, पहिलो प्रेमले सबै मानिसहरुको मुटुमा एउटा स्थान सधै बनाइराख्दछ, सायद त्यहिभएर लेखक सुरेन्द्र महर्जनले हरेक प्रेमीको मुटुभित्र या भनौ परेलीमा कहिले ननिस्कन सक्ने गरि बसेको मायाको लागि उपन्यास “अनुष्का” बनाउनुभयो ।

अघिल्लो साता चर्चित उपन्यास “अनुष्का”का लेखक सुरेन्द्र महर्जन “अमर”को अर्को उपन्यास “मिस्ड कल” को पहिलो भाग यँहाहरुमाझ प्रस्तुत गरेका थियौ , यो साता यँहाहरुमाझ "मिस्ड कल"को दोस्रो भाग प्रस्तुत गर्न जादैछौ । यँहाहरुले दोश्रो तथा अन्तिम भाग हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।

Suyog Dhakal · Jul १०, २०१७यो एउटा कथा हो जुन वास्तविक छ र हो । कसैको हैन धेरको जिवनसँग मेल खाने छ, यो संयोग हैन किनभने मैले जे भोगेँ धेरैले भोगिरहेका छन् । यो एउटी महिलाको कथा हो, बेदनाको कविता हो । म एउटी सहनसिल पात्र हुँ र मेरा पति हृदयले सुस्त श्रवण छन्, उनिले मेरो भावना कहिल्यै सुन्दैनन ।

चर्चित उपन्यास “अनुष्का”का लेखक सुरेन्द्र महर्जन “अमर”को अर्को उपन्यास “मिस्ड कल” अब यँहाहरुले हाम्रो पात्रोमा सुन्न सक्नुहुनेछ । बहुप्रतिभाशाली लेखक सुरेन्द्र महर्जन “अमर”को मिस्ड कल, २ भागको छ जसमध्यको पहिलो भाग यँहाहरुले आज हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।

पवन भट्ट · Apr २५, २०१७'प्रविन जी प्रवेश ले इन्सपेक्सनको लागि अहिले कोहि नभएकाले नेपालबाट कसैलाई पठाइदिनु भन्दै छ । के गर्नुहुन्छ? तपाइँ ले वान वीक युसए, टेक्सास टर्मिनल जानुपर्ने भयो ।', बोसले भनेको कुरामा मैले नाई भन्ने कुनै कारण थिएन । नाई भन्न मैले धेरै पहिले नै छोडिसकेको थिए । 'ओके सर, हुन्छ, म जान्छु ।' मैले टाउको हल्लाए

निराजन आचार्य · Feb १४, २०१७उनी परबाट मुस्कुराएर आउने छिन। दन्तलहरको आडमा फिस्स मिसिएको उनको मुस्कानमा रातो क्याड्बेरि ओठले आकार दिनेछ्न। मेरो नजिक न आइ हामी बिचमा आँखाकै सानबाट बिम्बित हुने प्रेमका प्रहार हुनेछ्न। यसरि सुरुवात हुने छ मेरो प्लेटोनिक लभ बुझ्यौ।नजिकको सुबिनले मेरा पाखुरा च्यापेर मज्जाले हास्यो।”ओइ! येस्तो लभ त सिनेमा मा हुन्छ बुझ्यौ….हाहा”।

Niraj Dahal · Sep १२, २०१६म एकाएक छाँगाबाट खसेझैँ भएँ।रक्तप्रवाह शुन्य शुन्य भएझैँ लाग्न थाल्यो।आफैले आफ्नो शरीरको भार थेग्न नसकेझैँ भयो,एकाएक म भुँईमा पछारिएँ। पार्श्वमा `विकास सर! ह्वाट ह्यापन्ड?´सुरिताको आवाज गुञ्जिरहेको थियो।मैले चाहेर पनि आफ्नो मुख फोर्न सकिनँ।त्यस हविगतको बारेमा बताउन चाहाँदा चाहाँदै पनि म अवाक भएँ।घाँटीमा केही ठुलै चिजले थिचिरहेको भान भैरहेको थियो।मानौं मेरो घाँटिको `भोकल कर्ड´को बाटो भएर हजारौँ टनको रेल कुदिरहेको छ जस्को दबाबले मेरो घाँटीको नशा च्यापिएको छ।म टुलुटुलु हेरिमात्र रहेको थिएँ,शायद भिजेका आँखाले...।

संगीतले खुशी हुँदै रिप्लाइ गर्यो...... उताबाट आउने र यताबाट पठाउने क्रम लामो समयसम्म चल्यो । दुबैको सामान्य परिचय भयो । मीठा मीठा कुरा भए । मोबाइल नम्बर साटासाट भयो र फनपार्कमा भोलि शनिबार भेट्ने कुरा भयो । यति हुँदासम्म रातको एक बजिसकेको थियो । संगीत सुत्न गयो तर उसलाई कतिबेला उज्यालो होला भन्ने कुराले तनाव बढाएको थियो । बिहानै पाँच बजे उठेर संगीत बाथरुम गयो । संगीत उठेको मम्मीले थाहा पाइन् । हत्तपत्त उठेर सोधिन्, "बाबु! सञ्चो भएन ? किन छिटो उठेको ?" "होइन मम्मी सञ्चै छ, भोलि सण्डेदेखि स्कुलमा टेस्ट छ, अझ भोलि म्याथको छ । त्यसैले आकाशकोमा सिक्न जान्छु मम्मी ।"

Bishwa Raj Adhikari · Sep ३, २०१६“मन्जुले भनिन्, विचारा शतिस! चाहिने भन्दा साँच्चि नै बढी नै भलादमी रहेछन्। साँचै पछि केही पनि हुन सकेन? मैले भने- केही पनि त्यस्तो हुन सकेन नि। पछि, निर्मलाको विहे भयो। विहे भएर उनी विराटनगर गइन। तर कथा यत्तिका समाप्त भएन। शतिसले आइ यस्सी पास गर्न सकेनन्। निर्मलालाई देख्न नपाए पछि, अति नै नियास्रो लागेर ऊ काठमाडौतिर लाग्यो। पछि, कमर्स पढ्ने इच्छा गर्यो उसले। अमेरिका गयो। उतै पि यच डि पनि गर्यो। अहिले टोरन्टो, क्यानाडाको एक कलेजमा ‘बिजन्स’ पढाउने गर्छ।”

तपाइको विश्वसनिय मोवाइल सहयात्री, तपाई हामी सबैजनाको दैनिक जिवनमा थप सहजता र सरलता का साथै नेपाली सस्कार र चाडवाहहरुकाबारे सम्पूर्ण कुरा पस्किने हाम्रो पात्रो अव तपाइहरुकालागी रंगमञ्चका समाचारहरु पनि लिएर आउदैछ । नेपाली साहित्य नक्षत्रमा एकदमै चर्चित सर्जक सरुभक्तको आलेख अनि अर्का चर्चित निर्देशक अनि रंगकर्मी अनुप बरालको निर्देशन रहेको नाटक 'थाङ्गला' आजका दिन अर्थात भदौ १७ गतेवाट मञ्चन गरिदै छ । वहुप्रतिक्षित अनि वहुचर्चित यस नाटकको १७ बर्षपछि पूनः मञ्चन गरिंदै छ, यसविषयमा हाम्रो पात्रोका तर्फवाट सुयोग ढकालले सर्जक सरुभक्त र निर्देशक अनुप वरालसँग कुराकानी गरेका छौं जसको अडियो यहि लेखसँगै रहेको छ भने लिपिवद्ध रुपमा हामी थाङ्गला र यस्का सर्जक अनि निर्देशकहरुसँगको कुरा प्रस्तुत गर्दछौ ।

नेपाली साहित्यका मूर्दन्य अनि विशिष्ठ पात्र बरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठको आलेखमा आधारित '' अनि वरिष्ठ रगंकर्मी अनुप बरालको निर्देशनमा यहि २०७३ भदौ १७ देखि असोज १५ सम्म बत्तिस पुतलीस्थित 'शिल्पी थिएटर'को गोठाले नाटकघरमा प्रदर्शन गरिंदैछ । यस बहुप्रतिक्षित नाटकलाई साताको मगंलवार बहेक हरेक बार साँझको ५ बजे पछि मञ्चन गरिनेछ भने शनिवार दिनको १ बजे अतिरिक्त मञ्चन गरिनेछ । छिट्टै हाम्रो पात्रोमा यस नाटकसंग सम्बन्धि थप साम्रगी पनि लिएर आउनेछौं ।

Raju Pudasaini · Aug १७, २०१६कल्पना र स्मृति भन्दा मिठो केहि हुन्न रहेछ, तर मलाइ यो त्यस्तो प्रेम हो जस्तो लाग्दैन जसलाइ दुनियाँले प्रेमको नाम दिएको छ । म त्यसलाइ दिमागमा हुने थोरै सुन्दर चिज मध्ये को एउटा मान्दछु । आत्मा सित जोडिएको एउटा स्मृति हो यो, सधैं सम्झिरहन्न पनि । महिनौंमा एक चोटी सम्झन्छु होला तर अाज वर्षौं पछि सम्झिएँ । उसो त मिठा कुराको खोजी हिड्ने, सम्झिबस्ने समय नै कहाँ मिल्छ र यो धर्तीमा ? जतिबेला प्रेम, यौनकुण्ठा , स्वार्थ, प्राप्ति-अप्राप्तिसंग जोडिएर कूरुप भएको पढ्छु, सुन्छु र देख्छु ! मलाइ सम्झना आउँछ । मेरो अवचेतनमा लेखिएको प्रेमको अर्थ हो यो, प्रेमको 'डिफल्ट एक्जाम्पल' भनुन ।

Raju Pudasaini · Aug १३, २०१६राज्यमा अशान्ती मच्चिरहेको समय थियो त्यो, सेनामा दिनहूँ भर्ति खुल्थे । सबै युवालाइ सैनिक बनाएर युद्धमा पठाइन्थो । क्लाउडिएसले कसैलार्इपनि बिहे गर्नबाट प्रतिबन्ध लगाएको थियो । बिहा गरेपछि परिवार, श्रीमती र सन्तानको मायाजालमा फँसेर आफ्नो सैनिकहरु युद्धमा जान नमान्ने र मर्न-मार्न नसक्ने हुन्छन् भनेर उसले कडाइकासाथ केटा -केटी भेट्न पनि नदिने उर्दि जारी गरेको थियो । उसको यो आज्ञा प्रजाहरुलाइ मन परेको थिएन र भ्यालेन्टिनले त झन उसको यो उर्दीको विरोध मात्रै गरेन बरू निकै युवा-युवति को परमेश्वर साक्षी राखेर विवाह गराइदिएको थियो । यो कुरा कसैले क्लाउडिएससम्म पुर्याइदियो र उसलाइ पक्राउ गरेर झ्यालखानामा कैद गरिएको थियो ।

Ajit Kshetri · Aug ६, २०१६"नल्याएर के गरोस् त मैना थारी रै'छ"- अर्कीले थप्छे । रातदिन कुट्छ रे नि त मैनालाई'-अर्कीले साउती गर्दै भनि । "त्यस्तो हुँदा नि किन बसिराखेकी हो त्यो मैना, दुई छाक नि खुवाउन नसक्ने रै'छन् कि के हो माईती पनि ?- पहिली चाहिँ महिला पुन: बोली । 'गरिब छन् रे'-अर्कीले अट्टहास गर्दै बोली । "कस्तो बाँझो कोख भएकी आइमाई रै'छे है ! छि छि छि"-महिलाहरु गलल्ल हाँस्छन् ।

Ajit Kshetri · Aug २, २०१६"त्यो भिरमा भेटिएको लास माओवादीको थिएन भाई"- दाईले जवाफ दिए । "हँ" - मेरो मुखबाट अनायसै निस्क्यो । त्यसो भए कस्को त ? "त्यो लास मध्ये एक तिनै अभागी गुरुङ्नी आमैको छोराको थियो जो सेनाबाट भागेर घर जाँदै थियो ।" - दाईले लामो सुस्केरा हाल्दै बोले । कुरा सुनेर म अवाक् भएँ । उसलाई कसले मार्यो होला, किन मार्यो होला- केही दिनसम्म मेरो मनमा यही प्रश्न ओहोरदोहोर गरिरह्यो ।

Bishwa Raj Adhikari · Jul २६, २०१६केही गिद्धहरु रुखमाथि बसेका थिए। उजरी त्यो दृश्य कौतुहलतापूर्वक हेर्दै थिई। कुकुर वा गिद्धले जित्ने हो भन्नेमा उसको उत्सुकता केन्द्रित भयो। लामो समयसम्म दुबै पक्षहरु बीच भएको युद्ध पछि बैलको शरीरबाट मासु नै रित्तियो। बाँकी थियो भने केवल हाड र सिङ्ग। कुकुरहरु भुक्दै गाउँतिर कुदे अनि गिद्धहरु आकाशतिर उडे। उजरीको दृष्टि कहिले कुकुर कहिले गिद्धतिर केन्द्रित भएको देखियो।

Suyog Dhakal · Jul १६, २०१६अगाडीका सबैकुराहरु फ्लाशब्याक हुन् । उ आज पनि माथी आकाशमा विदेशबाट आएका ठूला पिलेनको आवाज निको मान्दैन जसको उसँग आफ्नै कारणहरु छन् । हरेक पिलेनमा विदेशमा बसेका नेपाली दाजुभाइहरु सफा लुगा लाएर, सुटकेश र झोला बोकेर गाउँ(शहर छिर्छन र खोजी गर्छन एउटा सुशील, सभ्य र मायालु श्रीमती जसलाई आफैसँग लिएर जान्छन विदेश उनिलाई लिएर गए जस्तै... उसको मुख अमिलो भयो ।

Madan Pravat · Jul ९, २०१६पाँच जनाको परिवार मध्ये उसले दुईजनाको मृत लास भेट्यो अहिले सम्म तर अझै दुई जनाको पत्तो लाग्न सकेको छैन । भेटे साँस नभेटे लासको खोजी गर्दा गर्दै उ यहाँ सम्म आइपुगेको छ । यहाँ उ जस्ता थुप्रै छन्, आ-आफ्ना हृदयविदारक कथाहरु बोकेर बसेका । सबैका आँखा आफन्तजनको खोजिमा भौतारीरहेका छन् चारैतिर । उनीहरु अझै बाँचेका छन्-मरेकाहरुको शोक मनाउन । इव्राहिम पनि त्यही पंक्तीमा उभिएको छ ।

Madan Pravat · Jul ९, २०१६म जुरुक्क उठें र अभिवादन फर्काएँ । अलिकति उघारिएको ढोकामा उनी उभिएकी थिइन् । अर्द्धशोक मिश्रति मुद्रामा । मानौं उनी केही बेरपछि नै ग्वाँऽऽग्वाँऽति रुनेछिन् । मैले उनीसँग हात मिलाएँ । उनको हात पहिलेकोेजस्तो दह्रो थिएन । सामान्य भन्दा पनि लुलो भएको थियो । लाग्थ्यो उनले अनुभूति गरिरहेको पीडा-शोक-वेदनाको त्रिशंकु उनका हर अंगहरुले अभिव्यक्त गरिरहेका छन्, हरपल अभिव्यक्त भैरहन चाहन्छन् ।

Ajit Kshetri · Jul ९, २०१६आफ्नै मनसँग कुरा गर्दै उनका पाइला अगाडी बढिरहेका छन् अनि पुतलीबजार बाडखोला बजार पछाडी छाडिइसकेको छ । खोलाको किनार र धानखेत हुँदै उनका पाइला देबीथान मन्दिर नेर पुगिसकेका छन् । मन्दिर कटेसी माथी कुँबरहरूको बस्ती भएको अरौंदी खोला आउनेछ अनि उकालो जंगलको बाटो हिंड्नु पर्नेछ । देबीथान मन्दिर कटिसकेको छ । अब अरौंदी खोला गाउँ पुग्न जंगलको छेवै छेऊ केही बेर हिंड्नु पर्नेछ ।

प्रेमलाइ न कहिले उमेर, समय अनी परीस्थीतीले बाध्न सकेको थियो, न त कहिले सक्छ । फेरी किन यो समाज अझै यिनै सब कुराहरुमा अल्झीरहेको...

....केही केटाहरु आए । र सोधे, त्यो अंग्रेज केटी कहाँ छे ?म छक्क पर्दै थिएँ । मैले बास्तविकता बताएँ । उनीहरु सिक्किममा इरिना बस्ने होटलको बारेमा सोध्न थाले । मैले रम्फुपछि ऊसँग कुनै सम्पर्क नभएको सत्यकुरा बताएँ । तर उनीहरुले मानेनन् ।त्यसै घम्साघम्सीमा मैले रेस्टुरेन्टको बिल तिरें । उनीहरुले मलाई अपहरण शैलिमा बाहिर ल्याए ।

पुस्तक अंशः म को हुँ, लिलाराज खतिवडा ....त्यतिबेला उसलाई भोक थिएन तर तीर्खा लागिरहेको थियो । उसले महसूस गरयो, कम्मरमुनि ऊ नाङ्गै छ । निकैबेरपछि उसलाई केही चलमलाउन मन लाग्यो । बिस्तारै उसले आफ्नो एउटा हात उठायो । भारी चीज उठाएजस्तो लाग्यो । त्यही हातले उसले आफ्नो अनुहार छाम्यो अनि आफैलाई सोध्यो, ‘म को हुँ ?’ चकमन्न...!

OCTOBER 31, 2015 / LENDAAI ऊ फेरि चिच्याई ! उस्तै नमीठो र कर्कश स्वर ! यो लगातार आठौं दिन थियो । अघिल्लो शनिबारदेखि आजको शनिबारसम्म हरेक दिन राति ९ बजेतिर ऊ यसैगरी चिच्याइरही ।

OCTOBER 18, 2015 / LENDAAI चैतको हुरीझैं बत्तिएर आएको बीभत्स र डरलाग्दो खबरले मन्ते एक्कासि चिसियो । भर्खरै खटियामा सुस्ताउँदै गरेको मन्ते जुरुक्क उठ्यो र भीमसामु ठिंग उभियो । यो अनपेक्षित र मुटु चिर्ने खबर थियो ।

SEPTEMBER 3, 2015 / LENDAAI बिहान नउठ्दै प्रमिलाले फोन गरी । भनेको थिएँ– घरमा हुँदा कहिल्यै मोबाइलमा घण्टी नबजाउनू । मोबाइल मेरै सिरानीमुनि थियो, भाइब्रेसनमा । घण्टी बजेको सुनेर बूढीले उठाएको भए सिधै उचालेर पछार्थी ।

JUNE 29, 2015 / LENDAAI सिमसिम बर्खे झरीसँगै बिजुली चमक्क चम्कियो। तेस्रो बेन्चको छेवैमा बसेकी प्राप्तिले दुवै हातका कान छोपी र आँखा चिम्म गरी। लहरै बसेका अरू केटाकेटी कोही चिर्रर चिच्याए, कोही आँखा चिम्म गरेर घोप्टो परे।

MAY 9, 2015 / LENDAAI दराजबाट खुत्रुके खसेर एकैसासमा भुइँमा बजारिएर फुटेपछि छोरोलाई च्याप्प समातेर घोप्टो परेँ। ऊ दुइटा हातले आँखा छोपेर मेरो छातीमा लपक्कै टाँसियो। घर यसरी हल्लिएको थियो मानौं ऊ र म फनपार्कको रोटेपिङमा डराईडराई मच्चिरहेछौं।

SEPTEMBER 28, 2014 / LENDAAI एक साँझपछिको रात– चकमन्न अँध्यारोमा भुकिरहेका कुकुरलाई शायद हाम्रो बिछोड असह्य थियो । बाँसघारीमा रातभरि एकनास र एकसुरले बजिराख्ने कीरा शायद हाम्रै पोकापन्तुरामा अडेस लागेर मधेस झर्न खोज्दै थिए । अब त यो सन्नाटा पनि आफ्नो रहन्न ! बूढी विरक्तिएर सुँक्सुकाउँदै थिई ।

SEPTEMBER 27, 2014 / LENDAAI २०७१ असोज ११ बेलुकी ४ बजे “हुँदैन, पाँच हजारभन्दा सकिन्न,” म आवेशमा आइसकेको थिएँ, “मन लाग्छ ल्याउनुस्, नलागे नल्याउनुस् ।” बिहानैदेखि कन्चट उम्लेको थियो । पैसाको मामिलामा म कसैसँग गल्नेवाला थिइनँ । “नझर्किस्योस् न डाक्साप्,” फोनको अर्को खोँचबाट एम्बुलेन्स ड्राइभर बोल्यो, “हामी मिलेर गए पो आपसी भलाइ हुन्छ, हैन र?”

AUGUST 25, 2014 / LENDAAI २०४० मंसिर १० गते । बुवा-आमाले गोजीमा २ हजार रूपैयाँ बोकेर हामीलाई ट्रय्याक्टरमा अर्घाखाँचीबाट दाङ झार्नुभो । अनि जिविस र अदालतको अगाडि झुप्रो होटल खोल्नुभो । आमा र दिदी गाउँमा बस्थे । बुवा चिया-समोसा बेच्नुहुन्थ्यो, म पढ्थें ।

JULY 26, 2014 / LENDAAI ‘कोठाको १२ सय, बिजुलीको आफैं तिर्ने, पानीको पर्दैन । हुन्छ?’ झट्ट हेर्दा अजंगका जंगबहादुरझैं देखिने बूढाले गोजीबाट १२ बुँदे कागज निकालेर तेर्स्यायो । सरर्र पढेँ ।

April 17, 2014 / LENDAAI ब्लड बैंकको गेट छिरिनसक्दै ऊ अत्तालियो । छपक्कै छरिएका बाइक देखेर अन्दाज लगायो– कम्तीमा २ घन्टा उसको पालो आउँदैन । कीर्तिपुरबाट बाइक चढेदेखि अहिलेसम्म लगभग १० पटक घन्टी बजिसकेको थियो मोबाइलमा । हतारोले गोजीसम्म हात पुर्याउन पाएन ।

२०७० फाल्गुन २४ / LENDAAI कान धुम्म भयो एक्कासि– राति सालघारीमा कतै कीरा कराएजस्तो शून्न। पोखरीभित्र कतै डुबुल्की मारेजस्तो। एकछिन अघिसम्म पनि कान त्यसैगरी धुम्म थिए, कपास कोचेझैं, पोखरीमा डुबेझैं।

MARCH 21, 2013 / LENDAAI माघको कठ्याङ्ग्रिने चिसो । चिसोमा झनै चिसियो मन, जब— समीरले कानैमा आएर फुस्फुसायो, “राधिकालाई त शिवेले लाने भो, तँ हेर्दाहेर्दै गइस् खोलैखोला ।”

OCTOBER 17, 2012 / LENDAAI “बसन्ते, एक… एक… एक ही रास्ता लाग्यो….” दौडिँदै आएको रमेशले एकाएक गाउँ थर्कायो । एक हप्तादेखि ‘चित्रहार’मा अजय देवगण र रविना टन्डन छमछमी नाचेकोदेखिरहँदा हामीलाई वाक्क लागिसकेको थियो

AUGUST 25, 2012 / LENDAAI थापाथली चोक, अलि पल्तिर बडेमानको बागमती पुल र त्योभन्दा अझै पल्तिर कुपन्डोलको एउटा घरमाथि झुन्डिएको ‘कोही मिलगया’को पोस्टर । पुलमाथि घरि यता घरि उता गरिरहने रंगीबिरंगी सवारी र तिनमाथि कुदिरहेका असंख्य सपना ।

AUGUST 24, 2012 / LENDAAI १० कक्षा पढ्दा मलाई चस्मा लगाउने उत्पात रहर जाग्यो । चस्मा लगाएर ढल्किँदै स्कुल जाने र कक्षा चल्दा सर्टमा झुन्डाएर ठाँटले बस्ने अभिलाषाले बसिखान दिएन । त्यतिबेला आफूखुसी कालो चस्मा लगाएर हिँड्नु बेग्लै पोजको विषय हुन्थ्यो । दुनियाँले के भन्लान् भन्ने धक हुन्थ्यो । कालोभन्दा सेतो चस्मा बढी प्राकृतिक लाग्थ्यो..

AUGUST 21, 2012 / LENDAAI काठमान्डू छँदा म अफिसबाट कोठा नछिर्दै छोरो ढोकैमा आएर हात फिँजाउँथ्यो, “बाबा, हजुरको मोबाइल दिनुस् न !”
